२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

युवा नेता केशव भण्डारी एमालेको महाधिवेशन प्रतिनिधिमा निर्वाचित

२०७८ कार्तिक २८, आईतबार प्रकाशित ( साल अघि) ८६९ पाठक संख्या

सुनवल, २८ कात्तिक । पश्चिम नवलपरासी नेकपा एमालेका युवा नेता केशव भण्डारी महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागि हुने महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा भण्डारी अत्याधिक मत प्राप्त गरी निर्वाचित हुन सफल हुनुभएको हो ।
एमालेका उदयीमान नेताको रुपमा स्थापित भण्डारी नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष हुनुहुन्छ । कुशल व्यवसायी एवं युवा नेता भण्डारीले ८८८ मत प्राप्त गर्नुभएको थियो । चार जनाको लागि ११ जनाको उम्मेदवारी परेको थियो । महाधिवेशन प्रतिनिधिमा विजयी गराउनुभएकोमा सम्पूर्ण मतदातालाई भण्डारीले धन्यवाद पनि व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%४%१%१%

प्रतिक्रिया दिनुहोस