२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा मतदानबाट एमालेका महाधिवेशन प्रतिनिधि छनौट (सूचीसहित)

२०७८ कार्तिक २७, शनिबार प्रकाशित ( साल अघि) ११२७ पाठक संख्या

परासी, २७ कात्तिक । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि पश्चिम नवलपरासीबाट १४ जना महाधिवेशन प्रतिनिधि छनौट भएका छन् ।
दुई वटा निर्वाचन क्षेत्र रहेको यश जिल्लाबाट दुई जना महिला र चार जना खुल्ला गरि एक क्षेत्रबाट ६ जनाको दरले १२ जना र दुई जना दलित तर्फबाट छनौट भएका हुन् ।
दलित तर्फबाट निर्विरोध महाधिवेशन प्रतिनिधि छनौट भए पनि महिला र खुल्ला तर्फबाट भने चुनावी प्रतिस्पर्धाबाट छनौट भएका हुन् ।
पश्चिम नवलपरासीमा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटका लागि आज भएको निर्वाचनको मत परिणाम पनि सार्वजनिक भएको छ ।
दशौँ राष्ट्रिय महाधिवेशनमा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि छनौटका लागि क्षेत्र नं. १ को बाल्मिकी मावि बर्दघाट पुर्नवास र क्षेत्र नं. २ को प्रगति मावि स्वाठी सुनवलमा आज मतदान भएको थियोे ।
महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै भएपछि आज दुवै क्षेत्रबाट मतदान मार्फत महाधिवेशन प्रतिनिधि छनौट गरिएको एमालेले जनाएको छ । आज विहान नौ बजेदेखि साँझ चार बजेसम्म मतदान भएको थियो ।
क्षेत्र नं. १ मा भएको निर्वाचनमा ६७ प्रतिशत मत खसेको थियोे । निर्वाचन संयोजक फुलकुमारी गिरी(सीमा)का अनुसार दुई हजार २४९ जनाले मतदान गरेका थिए।
क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिका लागि चार जना खुल्ला पदतर्फ ९ जना र महिलातर्फ दुई जनाको लागि ५ जना चुनावी प्रतिस्पर्धामा रहनुभएको थियो ।
यस्तै क्षेत्र नं. २ मा निर्वाचन संयोजक रेशम शर्माका अनुसार कूल दुई हजार ५७ मत खसेको थियोे।
क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिको लागि चार जना खुल्ला पदतर्फ ११ जना र दुई जना महिलाको लागि ६ प्रतिस्पर्धामा रहनुभएको थियोे । दलिततर्फको दुई जनामा भने जिल्ला अध्यक्ष तुलसी पासी र नेता राजु हरिजन यसअघि नै र्निविरोध चयन भईसक्नुभएको छ ।
पश्चिम नवलपरासीबाट चार जना महिला, दुई जना दलित र खुल्ला आठ गरी १४ जना महाधिवेशन प्रतिनिधि छनौट भएका हुन् ।
क्षेत्र नं.१ ( खुल्ला )
दिपेन्द्र अधिकारी (१७१५)
धीरज शर्मा(१४३२)
रामप्रसाद अर्याल (१२१०)
बद्री खनाल(१०१५)
महिला
सरिता खनाल भुसाल (१०९४)
सिन्धु जलेसा (१०६२)
क्षेत्र नं. २ ( खुल्ला )
डोलराज भण्डारी (१२६७)
थानप्रसाद गैरे(९०७)
केशव भण्डारी (८८८)
लेखनाथ खरेल (८१५)
महिला
बिमला अर्याल(१२९४)
लक्ष्मी क्षेत्री (७९८)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१०%२%

प्रतिक्रिया दिनुहोस