२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पाल्हीनन्दन-३ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

२०७८ कार्तिक २७, शनिबार प्रकाशित ( साल अघि) ५२५ पाठक संख्या

परासी,२७ कात्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । भवनको आज एक कार्यक्रमकाबीच पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले उद्घाटन गर्नुभएको हो ।

अध्यक्ष गुप्ताले जनतालाई नजिकबाट र सहज रुपमा सेवा प्रवाह गर्न पाल्हीनन्दन गाउँपालिकाले गाउँपालिका र वडा कार्यालयका भवन निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले आफुनै भवनसँगै अव वडा कार्यालयबट प्रवाह हुने सेवा लिन सेवाग्राहीलाई पनि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकको रु ६५ लाखको लागतमा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको वडा नं. ३ का वडाध्यक्ष गोधन प्रसाद हरिजनले जानकारी दिनुभयो । वडा कार्यालयको आफ्नै भवनबाट अव सेवा प्रवाहमा सहज हुने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस