२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीमा कांग्रेसको कण्डेल समूहद्धारा क्षेत्र नं. १ का उम्मेदवारहरु घोषणा

२०७८ कार्तिक २७, शनिबार प्रकाशित ( साल अघि) २०५५ पाठक संख्या

परासी २७ कात्तिक । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि पश्चिम नवलपरासीमा उम्मेदवार घोषणा हुने क्रम जारी छ ।
यसैक्रममा कांग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल समूहले आज क्षेत्र नं. १ तर्फका उम्मेदवार घोषणा गरेको छ ।
नेता कण्डेलको उपस्थितिमा आज गोपिगन्जमा एक कार्यक्रम गरी उम्मेदवारहरु घोषणा गरिएको हो । जसअनुसार कण्डेल समूहले नेपाली कांग्रेस क्षेत्र नं १ को क्षेत्रीय कार्य समितिको सभापति पदमा अशोकजंग राणालाई उम्मेदवार घोषणा गरेको छ ।
संघीय क्षेत्रको सचिव पदका लागि कमल पराजुली, वृजराज कुशवाहा, सहसचिवमा सुरेश गुप्ता र प्रकाश अधिकारीलाई उम्मेदवार बनाईएको छ । प्रदेश निर्वाचन क्षेत्र १(क)को क्षेत्रीय कार्य समितिको सभापतिमा सुरज केसी, उपसभापतिमा दशरथ कुशवाहा, देवबहादुर राना, सचिवमा कमल कोईराला, देवेन्द्र घिमिरे, सहसचिवमा रियाज अलि अन्सारी, गंगा ज्ञवाली(श्रीकला)लाई उम्मेदवार बनाईएको छ ।
प्रदेश सभा १(ख)तर्फको क्षेत्रीय सभापतिमा अन्जु चौधरी, उपसभापतिमा किशोर गौतम, हिरालाल चौधरी, सचिवमा वीरेन्द्र कुमार कानु, प्रकाशचन्द्र पण्डित, सहचिवमा विजय चौधरी र अनोज कुमार यादवलाई उम्मेदवार बनाईएको छ ।
क्षेत्र नं. १ मा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका र सरावल गाउँपालिकाको वडा नं. ४,५,६ र ७ नम्बर वडा पर्दछन् । क्षेत्र नं. २ को पनि यसअघि नै कण्डेल समूहले उम्मेदवार घोषणा गरेको थियो । नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रीय समितिको यही मंसिर ३ गते र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिको मंसिर ६ गते अधिवेशन हुँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४%४%२%२%१%

प्रतिक्रिया दिनुहोस