२०८२ पौष ८, मंगलबार
24 खबर अपडेट

सरावल र सुनवलका ५१ युवा एमाले प्रवेश

२०७८ कार्तिक २१, आईतबार प्रकाशित ( साल अघि) १०२४ पाठक संख्या


परासी, २१ कात्तिक । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ हरकट्टामा आज नेकपा एमालेको आयोजनामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सरावल गाउँपालिका–२ तथा सुनवल–१२ बाट विभिन्न पार्टी परित्याग गरी ५१ जना युवाहरु एमालेमा प्रवेश गरेका छन् ।
एमालेका युवा नेता एवं केन्द्रिय परिषद् सदस्य राजकुमार श्रेष्ठको पहल,युवा नेता मीन बस्याल, अनेरास्ववियुका सहसंयोजक निरज खड्का, युवा संघका कार्यालय सदस्य कमल गैह्रे, एमाले नेता नारायण पाण्डेको विशेष सक्रियतामा माओवादी केन्द्र, कांग्रेस, जसपा परित्याग गरी युवाहरु एमाले प्रवेश गरेको बताईएको छ ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं प्रदेशसभा सदस्य भगवती भण्डारी, संविधानसभा सदस्य एवं एमाले प्रदेश सदस्य सिन्धु जलेसा,एमाले जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, नेताहरु बिमला अर्याल, सरस्वती सुवेदी,लेखनाथ खरेल, दधिराम अर्याल लगायतले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो ।
एमाले सुनवल–१२ का वडा कमिटी अध्यक्ष लुमकान्त भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि भण्डारीले युवा र देशको भविष्य बोकेको पार्टी एमाले मात्रै भएको जिकिर गर्नुभयो । उहाँले एमालेको नेतृत्व बिना मुलुक समृद्धितर्फ अघि बढ्न नसकेको दाबी गर्नुभयो । युवा नेता मीन बस्यालको स्वागत र नेपाल राष्ट्रिय शिक्षक संगठन सुनवल नगर अध्यक्ष टंक सुवेदीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस