२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, के के भयो निर्णय ?

२०७८ कार्तिक १८, बिहिबार प्रकाशित ( साल अघि) ८४० पाठक संख्या

मोहन पौडेल
परासी, १८ कात्तिक । जिल्ला विपद् व्यवस्थापन समिति पश्चिम नवलपरासीको बैठक बुधबार सम्पन्न भएको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको अध्यक्षता तथा प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, स्थानीय तहका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सरोकारवाला कार्यालय तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा भएको बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले चिसो र शीतलहरीबाट बच्त र बचाउन पूर्वतयारीमा जुट्ने निर्णय गरेको छ भने बाढीका कारण डुबानमा पर्र्दैै आएको सरावल गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा पाल्हीनन्दन गाउँपालिकाको वडा नं. १ को शंकपुर क्षेत्रका कृषकलाई कृषि ज्ञान केन्द्र मार्फत ८५ प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो ।
जाडोको समयमा हुने बाक्लो हुस्सु र शीतलहरीका कारण विशेषगरी विपन्न बालबालिका, बृद्धबृद्धा तथा असक्तहरु चिसोबाट बढी प्रभावित हुने भएकोले ती वर्गको पहिचान गरी चिसोबाट बचाउन स्थानीय विपद् व्यवस्थापन समिति, वन कार्यालय, सामुदायिक वन तथा स्थानीय स्तरमा कार्यरत संघ संस्थाहरुको समन्वयमा राहत, उद्धारको सामग्री तयारी अवस्थामा राख्ने, चिसोबाट जोगिन स्थानीय सञ्चारमाध्यमबाट सन्देश प्रसारण गर्ने निर्णय गरिएको छ ।
यस्तै जाडोमा हुने स्वास्थ्य सम्बन्धि समस्या न्यूनीकरण गर्न स्वास्थ्य कार्यालयमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यकर्मी तथा औषधीहरु प्रर्याप्त मात्रामा व्यवस्थापन गरी दु्रत प्रतिकाय समूह परिचालन गर्ने, चिसोका कारण कृषिबाली तथा पशुपन्छीमा हुने क्षति न्यूनीकरण गर्न आवश्यक तयारी गर्ने, बाक्लो हुस्सुका कारण हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक लाईटको व्यवस्थापन गर्न अनुरोध गर्ने तथा सचेतना सन्देश प्रवाह गर्ने, विद्यार्थीलाई चिसोबाट जोगाउन आवश्यक सचेतना कक्षा सञ्चालन गर्ने लगायतका निर्णय पनि गरिएको प्रजिअ मिश्रले बताउनुभयो ।
यसैबीच विपद् व्यवस्थापन समितिबाट बैशाख देखि हालसम्म जिल्लाका ३१९ प्रभावितलाई रु २१ लख २५ हजार बराबरको राहत रकम वितरण गरिएको जानकारी पनि गराईएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस