२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

कांग्रेसबाट निर्वाचित वडा सदस्य खनाल एमालेमा प्रवेश

२०७८ कार्तिक १५, सोमबार प्रकाशित ( साल अघि) ११०६ पाठक संख्या

परासी,१५ कात्तिक । नेपाली कांग्रेसबाट निर्वाचित एक वडा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका -२ का वडा सदस्य सन्तोष खनाल कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हो ।
परासीमा आयोजित एमालेको भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको जिल्ला भेलाको अवसरमा एमाले प्रवेश गर्नुभएका खनाललाई एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बैजनाथ चौधरी लगायत एमाले नेताहरुले स्वागत गर्नुभएको थियोे ।
एमालेको नीति सिद्धान्त तथा नेतृत्वप्रति आफू आकर्षित भएको खनालले बताउनुभयो । नवप्रवेशी खनाल एमाले निकट राष्ट्रिय उद्योग व्यवसाय महासंघको जिल्ला सदस्य समेत चयन हुनुभएको उक्त पार्टीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%३%१%

प्रतिक्रिया दिनुहोस