२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा राष्ट्रिय उद्योग व्यवसाय महासंघको जिल्ला समिति गठन

२०७८ कार्तिक १४, आईतबार प्रकाशित ( साल अघि) १२१६ पाठक संख्या

परासी,१४ कात्तिक । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा लक्ष्मी क्षेत्री चयन हुनुभएको छ । महासंघको आज परासीमा भएको प्रथम जिल्ला भेलाले क्षेत्रीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्य समिति विस्तार गरेको हो।
नवगठित जिल्ला कार्य समितिको उपाध्यक्षमा लेखनाथ न्यौपाने, सचिवमा विष्णु न्यौपाने, उपसचिवमा लक्ष्मी पाण्डे र भविश्वर पराजुली लगायत रहनुभएको छ । यस्तै महासंघले आजै जिल्लाका सातै पालिका कमिटी पनि घोषणा गरेको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नेकपा एमालेको भातृ संगठन हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री बैजनाथ चौधरीले एमालेको नेतृत्व विना समृद्धि प्राप्ति नहुने जिकिर गर्नुभयो । अहिलेको गठबन्धनको सरकारले जनता र देशको पक्षमा कुनै काम गर्न नसकेको उहाँले बताउनुभयो ।
यस्तै नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष माधव नेपालले व्यवसायिक वातावरण बनाउन सरकारसँग माग गर्नुभयो । कोरोना महामारीबाट थला परेका साना, मझौला उद्योग व्यवसायको उत्थान र प्रोत्साहनका कार्यक्रम ल्याउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
महासंघकी जिल्ला अध्यक्ष लक्ष्मी क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य वीरेन्द्र यादव, एमाले जिल्ला सचिव थानप्रसाद गैरे, महासंघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सचिव केशवराज पन्थी, महासंघका केन्द्रिय सदस्य तथा नवलपरासी ईन्चार्ज केशव भण्डारी, होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मोहन पाण्डे, महासंघका पूर्व जिल्ला अध्यक्ष सुर्य दुवे, नवनिर्वाचित उपाध्यक्ष लेखनाथ न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभएको महासंघका केन्द्रिय सदस्य रामचन्द्र भण्डारीले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस