२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

महिन्द्रा इलेक्ट्रिक मोबिलिटीको थ्री–ह्विलर अटो रुपन्देहीमा लञ्च

२०७८ कार्तिक १२, शुक्रबार प्रकाशित ( साल अघि) ७२५ पाठक संख्या

परासी, १२ कात्तिक ।महिन्द्रा इलेक्ट्रिक मोबिलिटीको थ्री–ह्विलर अटो रुपन्देहीमा लञ्च भएको छ । भारत स्थित महिन्द्रा कम्पनीको पश्चिम क्षेत्रको आधिकारिक बिक्रेता ग्रिन ड्राइभ गु्रप प्रा.लि.ले बिहीबार रुपन्देहीको तिलोत्तमा स्थित शोरुमबाट ट्रियो नामक लिथियम–आयोन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । तीन दिन अघि काठमाडौँमा पनि लञ्च गरिएको थियो।
करिब २ वर्षको अध्ययन र परीक्षणपछि नेपालका लागि उपयुक्त ठानेर सार्वजनिक गर्दै बिक्री विरतरण सुरु गरिएको नेपालका लागि महिन्द्राको अधिकृत इभी वितरक अग्नि इनर्जीका कार्यकारी म्यानेजर प्रमोद भण्डारीले बताउनुभयो ।
नेपालमा बढ्दो विद्युतीय सवारीसाधनको माग र आवश्यकतालाई मध्यनजर गरी यहाँको भौगोलिक अवस्थाको पनि अध्ययन गरी उक्त अटो बिक्री वितरण सुरु गरिएको उहाँले बताउनुभयो ।
अटोका आधिकारिक बिक्रेता ग्रिन ड्राइभ गु्रप प्रा.लि.का अध्यक्ष अजय कुमार खाती क्षेत्रीले एक पटकको लगानीले लामो समयसम्म निरन्तर आम्दानी र बचत गर्न सकिने साधनको रुपमा रहेको दाबी गर्नुभयो ।
नेपालको अहिलेको समयमा विद्युतीय सवारीको आवश्यकता र माग बढ्दो छ । यस्तो अवस्थामा महिन्द्राको ट्रियो थ्री ह्विलरअटो निकै प्रभावकारी रहेको र यसमा एक पटक लगानी गरेपछि तीन वर्ष वारेण्टी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार न्यून विद्युत खपत र कम खर्चमा नियमित आम्दानीसँगै खर्च पनि बचत हुन्छ ।’ लञ्च गरिएको विद्युतीय अटोको मूल्य ८ लाख ४० हजार रहेको छ ।
महिन्द्रा कम्पनीका एक्सपोर्ट हेड हिमांशु अग्रवालले अटोबाट वार्षिक २ लाख खर्च बचत हुने दाबी गर्नुहुन्छ । प्रतिकिमि ०.८ रुपैयाँभन्दा कमको सञ्चालन लागत,फुल चार्ज आठ युनिट, प्रतियुनिट १२ रुपैयाँ र एक सय २० किमि गुड्ने, आठ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क, मर्मत–सम्भारमुक्त, एक लाख ५० हजार किलोमिटर ब्याट्रीको आयु, तीन वर्ष वा ८० हजार किमि वारेन्टी जस्ता विशेषताहरु रहेको बताउँदै उहाँले बताउनुभयो । एक्सपोर्ट हेड अग्रवालले प्रतिचार्जमा एक सय ३० किमिसम्मको प्रयोगयोग्य रहेको बताउँदै अटोकाृ तीन् वर्ष वा ८० हजार किमि वारेण्टी र ५ वर्षसम्म अटोले लागत उठाउने दाबी गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस