२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवलका सुरज अर्याल – २६ वर्षमै एमालेको उपाध्यक्ष

२०७८ कार्तिक १०, बुधबार प्रकाशित ( साल अघि) १९९५ पाठक संख्या

परासी, १० कात्तिक । पश्चिम नवलपरासीको सुनवल–७ का २६ वर्षीय युवा सुरज अर्याल एमाले नगर कमिटीको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मंगलबार सम्पन्न एमाले सुनवल नगर कमिटी पदाधिकारीको निर्वाचनमा उपाध्यक्ष पदका अन्य चार जना प्रतिस्पर्धीलाई पछि पार्दै अर्याल नगर उपाध्यक्षमा विजयी हुनुभएको हो ।
कम उमेरमै पार्टीको महत्वपूर्ण जिम्मेवारी पाएको भन्दै अहिले अर्यालको चौतर्फी प्रशंसा भईरहेको छ । एमालेमा युवाको आकर्षण बढेको नेताहरु बताउँछन् । युवा संघमा आवद्ध अर्याल यसअघि युवा संघ जिल्ला सचिवालय सदस्य हुनुहुन्थ्यो भने उहाँ व्यवसायी पनि हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१२%४%२%१%

प्रतिक्रिया दिनुहोस