मोहन पौडेल
परासी, १० कात्तिक । पश्चिम नवलपरासीका सातै पालिकामा नेकपा एमालेको पालिका अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनले पाँच पालिकामा सर्वसम्मत र दुई पालिकामा चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको उक्त पार्टीले जनाएको छ ।
एमाले जिल्ला अध्यक्ष तुलसी पासीका अनुसार रामग्राम नगरपालिका, पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा सर्वसम्मत रुपमा पालिका कमिटी गठन भएको हो भने सुनवल र बर्दघाट नगरपालिकामा सदस्य र्निविरोध भएपनि पदाधिकारीमा सहमति नजुटेपछि मतदान भएको थियो ।
यी हुन् पश्चिम नवलपरासीका सात पालिकाका नवनिर्वाचित एमाले पदाधिकारीः
रामग्राम नगरपालिका
अध्यक्ष ः हरिलाल यादाव
उपाध्यक्ष ः सन्तबहादुर चौधरी
सचिव ः दीपककुमार गैरे
उपसचिव ः सुरज यादव र मोति कुमारी श्रेष्ठ
सुनवल नगरपालिका
अध्यक्ष ः दुर्गानारायण सुवेदी
उपाध्यक्ष ः सुरज अर्याल
सचिव ः मुरली गौतम
उपसचिव ः धनमाया गौतम र पदमबहादुर क्षेत्री
बर्दघाट नगरपालिका
अध्यक्ष ः रबिन्द्र विक्रम हमाल
उपाध्यक्ष ः शिवदेव न्यौपाने
सचिव ः कृष्णप्रसाद गौतम
एपसचिव ः गौमाया पराजुली र देवीदत्त सापकोटा
पाल्हीनन्दन गाउँपालिका
अध्यक्ष ः अशोक राजभर
उपाध्यक्ष ः आशिस खातुन
सचिव ः अनिल मिश्रा
उपसचिव ः क्यामुद्धिन अन्सारी र रम्भा हरिजन
सुस्ता गाउँपालिका
अध्यक्ष ः ज्ञानप्रसाद पाठक(सन्तोप)
उपाध्यक्ष ः गणेशप्रसाद उपाध्याय
सचिव ः कृष्ण पन्त
उपसचिव ः दिलबहादुर महत्तो
सरावल गाउँपालिका
अध्यक्ष ः सुरेश यादव
उपाध्यक्ष ः डि. भट्टराई
सचिव ः देवराज चौधरी
उपसचिव ः अनुष्का चौधरी राय र अनिल कुमार यादव
प्रतापपुर गाउँपालिका
अध्यक्ष ः अनुग्र कुमार यादव(मुन्ना)
उपाध्यक्ष ः राजेश हरिजन
सचिव ः रबिन्द्र सिंह ठकुरी
उपसचिव ः नन्दकिशोर कोईरी,प्रेमकला पाण्डे पोखरेल