२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एमाले अधिवेशन : पश्चिम नवलपरासीको ५ पालिकामा सर्वसम्मत नेतृत्व चयन

२०७८ कार्तिक ९, मंगलबार प्रकाशित ( साल अघि) १००४ पाठक संख्या

मोहन पौडेल
परासी,९ कात्तिक । पश्चिम नवलपरासीका सात मध्य पाँच पालिकामा आज नेकपा एमालेको पालिका अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनले पाँच पालिकाहरुमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको उक्त पार्टीले जनाएको छ । अन्य दुई पालिकाको नतिजा आउन बाँकी छ ।
सुनवलमा पदाधिकारीमा सहमतिको प्रयास भईरहेको छ भने बर्दघाटमा पदाधिकारीको लागि मतदान भएको छ ।

रामग्राम,सरावल,पाल्हीनन्दन,सुस्ता र प्रतापपुरको नतिजा सार्वजनिक भएको छ । एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन अघि एमाले कात्तिक ६ गते देशभरका वडाहरुमा र आज देशभरका पालिकाहरुमा एकैसाथ अधिवेशन गरेको हो ।
राज्य पुनःसंरचनापछि पहिलो पटक आयोजना गरिएको अधिवेशनको आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियो । पश्चिम नवलपरासीमा पनि आज सातै स्थानीय तहमा अधिवेशन आयोजना गरिएको हो । अहिलेसम्म पाँच पालिकामा सर्वसम्मत रुपमा पालिका कमिटी गठन भएको जिल्ला अध्यक्ष तुलसी पासीले जानकारी दिनुभयो । एमालेले पालिकामा ७५ सदस्यीय कमिटी गठन गरेको हो ।
एमालेले पालिका अधिवेशन सम्पन्न गर्न प्रदेश कमिटीका सदस्यहरु अध्यक्ष रहेको अध्यक्ष मण्डल गठन गरिएको जिम्मेवारी दिएको थियो ।
यसैबीच नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री बैजनाथ चौधरीले पार्टी फुटेपनि जनताको लोकप्रिय पार्टी एमाले नै रहेको दाबी गर्नुभएको छ । एमाले रामग्राम नगर कमिटीको आज परासीमा आयोजित प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता चौधरीले आगामी तीनै तहका चुनावमा पनि एमाले नै पहिलो पार्टी बन्ने बताउनुभयो ।
नेता चौधरीले अहिलेको एमाले नेकपाकै निरन्तरता भएको बताउनुभयो । उहाँले पार्टीको संगठन व्यवस्थित गर्दै चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

यी हुन् पश्चिम नवलपरासीका पाँच पालिकाका नवनिर्वाचित एमाले पदाधिकारीः

रामग्राम नगरपालिका(निर्वाचन समिति संयोजक भगौती यादवका अनुसार)
अध्यक्ष ः हरिलाल यादाव
उपाध्यक्ष ः सन्तबहादुर चौधरी
सचिव ः दीपककुमार गैरे
उपसचिव ः सुरज यादव र मोति कुमारी श्रेष्ठ

पाल्हीनन्दन गाउँपालिका  (निर्वाचन समिति सदस्य बेचु गौडका अनुसार)
अध्यक्ष ः अशोक राजभर
उपाध्यक्ष ः ओसिरा खातुन
सचिव ः अनिल मिश्रा
उपसचिव ः क्यामुद्धिन अन्सारी र रम्भा हरिजन

सुस्ता गाउँपालिका(निर्वाचन समिति सदस्य युवराज डुम्रेका अनुसार)
अध्यक्ष ः ज्ञानप्रसाद पाठक(सन्तोप)
उपाध्यक्ष ः गणेशप्रसाद उपाध्याय
सचिव ः कृष्ण पन्त
उपसचिव ः दिलबहादुर महत्तो

सरावल गाउँपालिका(निर्वाचन संयोजक सुशान्त शर्मा घिमिरेका अनुसार)
अध्यक्ष ः सुरेश यादव
उपाध्यक्ष ः डि. भट्टराई
सचिव ः देवराज चौधरी
उपसचिव ः अनुष्का चौधरी राव र अनिल कुमार यादव

प्रतापपुर गाउँपालिका(पालिका ईन्चार्ज दीपक शर्माका अनुसार)
अध्यक्ष ः अनुग्र कुमार यादव(मुन्ना)
उपाध्यक्ष ः राजेश हरिजन
सचिव ः रबिन्द्र सिंह ठकुरी
उपसचिव ः नन्दकिशोर कोईरी,प्रेमकला पाण्डे पोखरेल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%५%१%

प्रतिक्रिया दिनुहोस