२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवल-१३ का ३० जना एमालेमा प्रवेश, जनताको पक्षमा काम गर्ने पार्टी एमाले नै हो : जलेसा

२०७८ कार्तिक ३, बुधबार प्रकाशित ( साल अघि) १५३६ पाठक संख्या

परासी, ३ कार्तिक । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ का ३० जना भन्दा बढी स्थानीयवासी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज सुनवल-१२ हरकट्टामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सुनवल-१३ बाट विभिन्न पार्टी परित्याग गरि स्थानीय युवा,मजदुर तथा किसानहरु एमालेमा प्रवेश गरेका हुन् ।
एमाले नेता राजकुमार श्रेष्ठ,अनेरास्ववियुका जिल्ला सहसंयोजक निरज खड्का र युवा समाजसेवी मीनप्रसाद बस्यालको विशेष पहलमा आज ३० जना भन्दा बढी व्यक्तिहरुले एमाले प्रवेशको घोषणा गरेका हुन् ।
नवप्रवेशीहरुलाई एमाले नेतृ प्रदेश कमिटी सदस्य एवं संविधानसभा सदस्य सिन्धु जलेसा,जिल्ला सचिवालय सदस्य सरस्वती सुवेदी र केन्द्रीय परिषद् सदस्य राजकुमार श्रेष्ठले स्वागत तथा पार्टी प्रवेश गराउनुभएको थियोे ।
एमाले सुनवल-१२ का अध्यक्ष लोमाकान्त भुसालको अध्यक्षता तथा एमाले नेतृ एवं संविधानसभा सदस्य जलेसाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जलेसाले जनताको सच्चा साथी र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताउनुभयो ।
एमाले नेतृत्वको सरकारको पालामा मुलुकमा विकासले फड्को मारेको तर अहिलेको सरकारले केही पनि गर्न नसकेको उहाँले बताउनुभयो । प्रचण्डले पार्टी र जनतालाई धोका दिएको र केपी ओलिले डटेर मुलुक र जनताको हितमा काम गरेको कारण अहिले देशैभरि एमालेमा प्रवेशको लहर छाएको उहाँले बताउनुभयो ।
मुलुकको विकास एमाले बिना हुन नसक्ने र आम नागरिकको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै देखिएकोले अहिले यश क्षेत्रमा पार्टी प्रवेशको लहर चलेको एमाले नेता राजकुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य सरस्वती सुवेदी , केन्द्रीय परिषद सदस्य राजकुमार श्रेष्ठ, युवा समाजसेवी मीन बस्याल,अनेरास्ववियुका सहसंयोजक निरज खड्का, जिल्ला परिषद् सदस्य छविलाल सापकोटा लगायतले बोल्नु भएको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%११%२%१%

प्रतिक्रिया दिनुहोस