२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

अध्यक्ष उपाध्यायको व्यक्तिगत सहयोगमा निमावि लोहसडाका विद्यार्थीलाई टाई बेल्ट वितरण

२०७८ आश्विन २५, सोमबार प्रकाशित ( साल अघि) १२२७ पाठक संख्या

परासी,२५ असोज । निम्न माध्यामिक विद्यालय रामग्राम -८ लोहसडाका विद्यार्थीलाई नि: शुल्क टाई र पेटि वितरण गरिएको छ ।
उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शम्भु उपाध्यायले आफ्नो व्यक्तिगत खर्चमा विद्यालयका डेढ सय विद्यार्थीलाई टाई र पेटि वितरण गर्नुभएको हो ।
आज विद्यालयमा एक कार्यक्रम गरि विद्यार्थीहरुलाई टाई र वेल्ट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश उपाध्यायले जानकारी दिनुभयो ।
रामग्राम-८ का वडा अध्यक्ष महेन्द्र ठाकुरको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष शम्भु उपाध्यायको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसअघि विद्यालयले विद्यार्थी बाटै शुल्क लिएर टाई बेल्ट दिने गरेकोमा यश वर्ष विद्यार्थीलाई प्रोत्साहन गर्न आफुले व्यक्तिगत खर्चमा विद्यालयका सबै विद्यार्थीहरुलाई टाई बेल्ट वितरण गरेको अध्यक्ष उपाध्यायले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस