२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सयपत्री साकोसको २१ औं वार्षिक साधारण सभा सम्पन्न,नयाँ समिति पनि चयन

२०७८ आश्विन २३, शनिबार प्रकाशित ( साल अघि) ७६५ पाठक संख्या

मोहन पौडेल
परासी, २३ असोज । सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुुनवल- १ को २१ औं वार्षिक साधारण सभा आज सकिएको छ ।
साधारणसभा समापनसँगै संस्थाको सम्पन्न निर्वाचनबाट नयाँ सञ्चालक समिति पनि चयन भएको छ ।
महामारीमा साधारणसभा सञ्चालन कार्यविधि २०७७ बमोजिम असोज १० गतेदेखि साधारणसभाको प्रक्रिया शुरु भएर आज समापन गरिएको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाको प्रमुख आतिथ्यमा भएको उक्त सभा समापन कार्यक्रममा वोल्दै प्रमुुख अतिथि थपाले सहकारीले संख्यामा मात्रै नभई गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
संस्थाको शेयर सदस्य भएकोमा गर्व महशुश गर्ने अवस्था ल्याउनुुपर्नेमा नगर प्रमुख थापाको जोड थियो । शेयर सदस्य जिम्मेवार नबनेसम्म संस्था अघि बढ्न नसक्ने भन्दै सहकारीलाई मजवुुद बनाउँन सवै शेयर सदस्यहरुलाई जिम्मेवार बन्न उहाँले आग्रह गर्नुभयो ।
नगरपालिकाले औद्योगिक ग्राम स्थापना गर्न लागेको बताउँदै उहाँले त्यसमा एक हजार महिलाले रोजगारी पाउने गरी गार्मेन्ट उद्योग पनि संचालन गर्ने योजना रहेको र त्यसमा सहकारीको मुख्य भुमिका रहने जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका संचालक समिति सदस्य नारायण बहादुर थापाले आफु संस्थापक भएर स्थापित संस्था आजको अवस्था सम्म आइपुुग्न सहयोग पुुर्‍याउनुुहुुने शेयर सदस्य र संचालक समितिलाई धन्यवाद दिदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुुभयो ।
साधरण सभामा कार्यप्रगति प्रतिवेदन संस्थाका सचिव नारायण पौडेलले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला थापाले र लेखा सुुपरिवेक्षण समितिको बार्षिक प्रतिवेदन लेखा संयोजक कृष्ण प्रसाद शर्माले प्रस्तुत गर्नुुभएको थियो भने महामारीमा शेयर सदस्यहरु बाट प्राप्त सल्लाह सुुझाब तथा जिज्ञासाको प्रतिवेदन संस्थाका उपाध्यक्ष रमेश कर्माचार्यले पेश गर्नुूभएको थियो ।
वि.स २०५७ साल भाद्र ३१ गते स्थापना भएको सहपत्री सहकारीमा शेयर सदस्य २ हजार ७ सय ९६जना रहेका छन् । संस्थाको शेयर रकम रु ३ करोड ६५ लाख ५७ हजार ५ सय रुपौया रहेको छ भने कुल वचत रकम २९ करोड २४ लाख ४६ हजार ८ सय ८६रहेको छ ।
त्यस्तै ऋण लगानी २७ करोड ३४ लाख ५४ हजार ९ सय ५६ रहेकोमा संस्थाको शुुद्ध नाफा (कर अघिको) ७६लाख २ हजार ९ सय रुपौया रहेको संस्थाका व्यवस्थापक टिकाराम तिमिल्सिनाले जानकारी दिनुुभयो ।
त्यस्तै सहकारीको नयाँ कार्यसमिति चयन भएको छ । पुुन कृष्ण प्रसाद पौडेल सर्वसम्मत रुपमा अध्यक्ष हुुनुुभएको छ । त्यस्तै उपाध्यक्षमा नारायण पौडेल, सचिवमा रमेश कमाचार्य,, कोषाध्यक्षमा कमला थापा तथा सदस्यहरुमा मुरलीधर गौतम, जय वहादुर पुुन, विष्णुु पाण्डे पुरी, भुमिकला शर्मा, विनय अधिकारी निर्वाचित हुनुुभएको छ । त्यसैगरि कृष्ण प्रसाद शर्माको संयोजकत्वमा कृष्ण ढकाल र रीना भण्डारी गरी ३ सदस्यीय लेखा समिति चयन भएको निर्वाचन समितिका संयोजक कृष्ण वन्धु अर्यालले जानकारी दिनुुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस