२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

निजी जमिनमा लगाईएका काठजन्य वस्तु सहजै काट्न र विक्री वितरण गर्न पाउनुपर्ने माग

२०७८ आश्विन १६, शनिबार प्रकाशित ( साल अघि) ८९८ पाठक संख्या

 

मोहन पौडेल
परासी, १६ असोज । व्यक्तिले आफनो निजी जमिनमा उत्पादन गरेका काठ तथा जडिबुटिजन्य उत्पादनको बिक्री वितरण सहज रुपमा गर्न पाउनुपर्ने पारिवारिक निजी वन संघ नेपालले माग गरेको छ । आफ्नो खेतबारी तथा डिलका छेउछाउमा हुर्काएका रुख विरुवाको सहज बिक्री वितरण गर्न सके विदेशबाट नेपालमा काठ आयात गर्नु नपर्ने संघको दाबी छ ।

परिवारिक निजी वन संघका केन्द्रिय अध्यक्ष जोगराज गिरीले तीनै तहमा पारिवारिक निजी वनमैत्री कानुन नहुँदा निजी जग्गामा हुकाईएका सबै खालका कृषि वन उत्पादनको उपभोग र बिक्री वितरण गर्न समस्या भएको बताउनुभयो । पारिवारिक निजी वन संघ जिल्ला शाखा पश्चिम नवलपरासीले शुक्रबार बर्दघाटको चिसापानीमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा अध्यक्ष गिरीले पारिवारिक निजी वनमैत्री कानून बनाउन माग गर्नुभएको हो ।
व्यक्तिले आफ्नो जग्गामा लगाएको खेती तथा फलफूल उपभोग गर्न पाउने तर रुख काट्न नपाउने कानून गलत भएको उहाँको भनाई थियो । पारिवारिक निजी वन हुर्काउन सहयोग गरे व्यक्ति मात्र नभई मुलुक नै समृद्धितर्फ अघि बढ्ने तर सरकारले नै यस्ता वनलाई प्रोत्साहन नगरेको उहाँले गुनासो गर्नुभयो । कृषकले आफ्नो बारीमा लगाएको एउटा रुख काट्न पनि झञ्झट ब्यहोर्नुपरिरहेको भन्दै अध्यक्ष गिरीले यो संविधान विपरित भएको दाबी गर्नुभयो ।
पारिवारिक निजी वन धितोको रुपमा स्वीकार गरी सहुलियत कर्जा दिनुपर्ने संघका केन्द्रीय सदस्य कमल परियारले जोड दिनुभयो । पारिवारिक निजी वनलाइै प्रोत्साहन गर्न सके नेपालमा आवश्यक पर्ने काठहरु पारिवारिक निजी वनबाट नै आपुर्ति गर्न सकिने उहाँले बताउनुभयो ।
बर्दघाट नगरपालिकाका प्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष रबिन्द्र विक्रम हमालले पारिवारिक निजी वनमा आवद्ध कृषकको समस्याप्रति ऐक्वद्धता रहेको भन्दै समस्या समाधानका लागि सक्दो पहल गर्ने बताउनुभयो । संघर्ष निरन्तर जरुरी रहेको बताउँदै हमालले एकताबद्ध भएर सबै लागेमा प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । बर्दघाट नगरपालिकाले पनि वन ऐन बनाईसकेको र सच्याउनुपर्ने भएमा पनि तयार रहेको उहाँको भनाई थियो । कार्यक्रम संघका जिल्ला अध्यक्ष होमबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस