२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सरावलको हसनि माता थान, बुद्धकालिन कुण्डियनगर घोषणा

२०७८ आश्विन १४, बिहिबार प्रकाशित ( साल अघि) ९१९ पाठक संख्या

परासी, १४ असोज । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.१ भगडास्थित हसनि माताको थान रहेको पतजिव बगैंचालाई बुद्धकालिन कुण्डियनगर घोषणा गरिएको छ ।
बुद्ध ग्रन्थ त्रिपटकमा उल्लेख गरिएको पुत्रन्जिवि जडिबुटी यसै क्षेत्रमा फेला पर्नुका साथै यहाँ पाईएका पुरातात्त्विक वस्तुको आधारमा भगडाको हसनि माता थानलाई प्राचीन कोलिय गणराज्यको कुण्डिनगर घोषणा गरिएको हो ।
जितिया पर्वको अवसर पारि आज हसनि माताको थान रहेको भगडामा एक समारोहको आयोजना गरि सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यमा प्राचीन कुण्डिय नगर घोषणा गरिएको हो ।
कोलिय गणराज्यका तत्कालीन १२ शहर मध्ये कुण्डियनगर पनि एक हो । बुद्ध ग्रन्थका अनुसार सालवास जंगल ( हालको सालवास) र कोलिय गणराज्यकि एक मात्र अग्रउपासिका सुप्पवासा र लाभि भन्तेले परिचित सिवलि भिच्छु जन्मेको स्थल प्राचीन सज्जनेल नगर ( हालको बासा) क्षेत्रको नजिकमा भगवान् बुद्धका अग्रचिकित्सक जिवकको नामले चिनिने जीवक वन रहेको भनी उल्लेख गरेको र उक्त क्षेत्र हालको भगडा रहेकोले यो क्षेत्रलाई कुण्डिय नगर घोषणा गरिएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो ।
यश क्षेत्रमा भगवान् बुद्धको बास रहेको बौद्धकालिन ईतिहास पाईन्छ । बुद्धका अग्रसेवक भिच्छु आनन्द बेला बेलामा आएर बास बसेको सालवास जंगल अहिले सालवास नामले चिनिन्छ ।
यहाँ भगवान बुद्धका अग्रसेवक आनन्द आफ्नो भिच्छुसंघ सहित बास सकेको त्रिपिटकको अगुत्तर निकायमा उल्लेख भएको पाईन्छ । भिच्छुसंघमा चिकित्सकको रुपमा रहेका जिवक समेत आएकोले सो क्षेत्रलाई जिवक बन भनेर चिनिने गरेको थियो । अहिले स्थानीय स्तरमा हसनी माई स्थानको रुपमा पतजिव भनेर चिनिने पुत्रन्जिवी जडिबुटी रहेको बगैचा समेत रहेको छ । एक सय भन्दा बढि साना ठूला पुत्रन्जिवी रुख र बोटहरु रहेका छन् ।
आयुर्वेद चिकित्सामा पुत्रलाभ नहुने दम्पतीले यसको सेवन गर्दा पुत्रलाभ प्राप्त हुन्छ । यसको अहिले आधुनिक कालमा परिक्षण समेत भई रहेको छ।
यो बुद्धकालिन नै बनस्पती जडिबुटीको रुपमा रहेको छ । अहिले पनि स्थानीयले एलर्जी भएको बखत पुत्रन्जिवी (पतजिव) को फलको माला लगाउने गरेको बुद्धकालिन क्षेत्रका अध्येता एवम् पत्रकार बेचु गौडले बताउनुभयो । यश पुरातात्त्विक क्षेत्रलाई गाउँपालिकाले अपनत्व ग्रहण गरि संरक्षण प्रवर्द्धनमा लागेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।
भगडामा रहेको पतजिव बगैंचालाई संरक्षण र थप विस्तार गरि प्राचीन जीवक वन र मिनि लुम्बिनीको रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उत्तमा राय,प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल, जिल्ला समन्वय समिति सदस्य आशादेवि चौधरी, सरावल-१ का वडा अध्यक्ष भेषनारायण चौधरी,सामुदायिक रेडियो दाउन्ने एफएमका स्टेसन म्यानेजर मोहन पौडेल, समाजसेवी पिताम्बर चौधरी,हेमनारायण चौधरी,ईन्द्र बहादुर चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे । उक्त अवसरमा विभिन्न थारुनाच प्रदर्शन गरिएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस