२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवलमा अनेमसंघको ७१ सदस्यीय नगर कमिटी गठन

२०७८ आश्विन ४, सोमबार प्रकाशित ( साल अघि) ९०८ पाठक संख्या

 

परासी, ४ असोज। नेकपा एमाले निकट अखिल नेपाल महिला संघले पश्चिम नवलपरासीको सुनवलमा नगर कमिटी गठन गरेको छ । अनेमसंघ जिल्ला कमिटीको आयोजनामा आज सुनवलको वनकट्टीमा भएको नगर भेलाले बिमला खरेलको अध्यक्षतामा ७१ सदस्यीय अनेमसंघ सुनवल नगर कमिटी गठन गरेको हो ।
नवगठित कमिटीको उपाध्यक्षमा जानुका भुसाल,सचिवमा लक्ष्मी पाण्डे,कोषाध्यक्षमा नमिता थापा,सहसचिवमा सीमा थापा चयन हुनुभएको छ ।
अनेमसंघको संगठन बिस्तार योजना अन्तरगत नगर कमिटी गठन गरिएको अनेमसंघकि केन्द्रीय सचिवालय सदस्य बिमला अर्यालले जानकारी दिनुभयो । जिल्लाका सातै स्थानीय तहमा कमिटी गठन गरिने उहाँले बताउनुभयो ।
अनेमसंघकि जिल्ला अध्यक्ष राधा ढकालको अध्यक्षता तथा एमाले नेतृ एवं लुम्बिनी प्रदेशसभा सदस्य भगवती भण्डारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अनेमसंघकि केन्द्रीय सचिवालय सदस्य बिमला अर्याल,केन्द्रीय सदस्य सरिता भुसाल खनाल,एमाले जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, सचिव थानप्रसाद गैरे,सहसचिव राजन आचार्य, जिल्ला सदस्यहरु सरस्वती सुवेदी,लेखनाथ खरेल,राजकुमार श्रेष्ठ, शान्ता भण्डारी,यमकुमारी सुवेदी , भागिरथि पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस