२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नेशनल माइक्रो फाइनान्सद्धारा बाढीबाट प्रभावित नवलपरासीका ८२१ जना सदस्यलाई राहत प्रदान

२०७८ आश्विन ३, आईतबार प्रकाशित ( साल अघि) ७८६ पाठक संख्या

 

मोहन पौडेल
परासी, ३ असोज । नेशनल माइक्रो फाईनान्स लघुवित्त सस्थाद्धारा नवलपरासीका ८ सय २१ बाढी प्रभावितलाई राहत प्रदान
परासी ३ असोज । नेशनल माइक्रो फाईनान्स लघुवित्त संस्था लिमिटेड हकुइ शाखा पश्चिम नवलपरासीले बाढीबाट प्रभावित संस्थामा आबद्ध सदस्यहरुलाई राहत प्रदान गरेको छ ।
संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गत रामग्राम नगरपालिका तथा पाल्हीनन्दनका सदस्यलाई राहत वितरण गरेको संस्थाको हकुई शाखा प्रमुख नारायणी थापाले जानकारी दिनुभयो ।पाल्हीनन्दनमा गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताको प्रमुख आतिथ्य र संस्थाका कार्यकारी अधिकृत रामबहादुर षादवको उपस्थितिमा ५२६ जनालाई राहत वितरण गरिएको थापाले बताउनुभयो ।
संस्थाको कार्यक्षेत्र रामग्राम, सुनवल नगरपालिका, सरावल, पाल्हीनन्दन गाउपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका रहेको छ ।
संस्थाले प्रतिब्यक्ति चामल २० किलो, नुन एक किलो, दाल किलो, तेल एक लिटर लगायत गरि ८ सय २१ जनालाई रु १४ लाख ६८ हजारको खाद्यान्न राहत प्रदान गरेको जनाएको छ ।
पाल्हीनन्दनमा ५ सय २६ जनालाई र रामग्राम नगरपालिकामा २ सय ९५ जना गरि आइतबार मात्रै ८ सय २१ जना सदस्यहरुलाई वितरण गरिएको र बाँकि पालिकाहरमा पनि क्रमश वितरण गरिने सस्थाको भलवारी कार्यालयका अनुगमन अधिकृत पुष्पा पोखरेलले जानकारी दिनुभयो ।
१५ सय ६० सदस्य रहेको यस सस्थाले समाजिक उत्तरदायित्व अन्र्तगत आफ्ना सदस्यहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकोमा केही दिन अघि आएको बाढिमा परि प्रभावित भएका सदस्यहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस