२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बर्दघाट खानेपानी उपभोक्ता संस्थाद्धारा सरसफाइ सामग्री वितरण

२०७८ आश्विन ३, आईतबार प्रकाशित ( साल अघि) ६८३ पाठक संख्या

बर्दघाट ३ असोज । पश्चिम नवलपरासीको बर्दघाटस्थित बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सँस्थाले सरसफाइ सामग्री वितरण गरेको छ ।
सँस्था अन्तर्गतको खानेपानी सुरक्षा योजना समितिको आयोजनामा धौलागिरी टोल विकास सँस्थालाई आज सरसफाइ सामाग्री वितरण गरिएको हो ।
खानेपानी सुरक्षा योजनाको कार्यक्रम अन्तर्गत धौलागिरी नगर टोललाई सरसफाईका लागि प्रयोग हुने सामग्री वितरण गरिएको सँस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना समितिका सँयोजक दिपक लम्सालले बताउनुभयो । वितरीत सामग्रीहरुमा २ थान बेल्चा, २ थान कोदालो, १० थान झाडु, १ थान ठेलागाडा रहेका छन ।
कार्यक्रममा शिक्षा क्षेत्रबाट प्रतिनिधित्व गरेका खानेपानी सुरक्षा योजना समिति सदस्य बाबुराम घिमिरेले ब्यक्तिगत सरसफाईका बारेमा अभिमुखीकरण गर्नुभएको थियोे । कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमालले प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै बर्दघाट खानेपानी सँस्थाले वडा नम्बर ४ का करिव ३ हजार ८ सय घरधुरीलाई २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराएकोमा आफू समेत गर्वित भएको बताउनुभयो ।
उहाँले खानेपानी सँचालन र वितरण प्रणालीमा सँस्थाको मात्र दायित्व नभइ स्थानीयको पनि उत्तिकै दायित्व रहेको बताउनुभयो । खानेपानी र सरसफाई एक अर्कामा परिपुरक रहेकोले स्थानीयहरुले आफ्नो टोल र क्षेत्रको सरसफाई विशेष ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा बर्दघाट खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष धातानन्द बस्याल, मिलिजुली आमा समुहकी अध्यक्ष सिता कामु, स्थानीय समाजसेवी गणेश पाठक, धौलागिरी टोल विकास सँस्थाका अध्यक्ष डिलाराम चालिसे, समाजसेवी कृष्ण प्रसाद ढुँगाना लगायतले ब्यक्तिगत र सामुदायिक सरसफाईको बारेमा आ – आफ्नो धारण व्यक्त गर्नुभएको थियोे । कार्यक्रममा धौलागिरी टोलका करिव ७० जना स्थानियको सहभागिता रहेको थियो ।
कार्यक्रमको सँचालन सँस्थाका ब्यवस्थापक विष्णु कुमार भुसालले तथा स्वागत खानेपानी सुरक्षा योजना समिति सदस्य कृष्ण न्यौपानेले गर्नुभएको थियोे । बर्दघाट खानेपानी उपभोक्ता संस्थाद्धारा सरसफाइ सामग्री वितरण
बर्दघाट ३ असोज । पश्चिम नवलपरासीको बर्दघाटस्थित बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सँस्थाले सरसफाइ सामग्री वितरण गरेको छ ।
सँस्था अन्तर्गतको खानेपानी सुरक्षा योजना समितिको आयोजनामा धौलागिरी टोल विकास सँस्थालाई आज सरसफाइ सामाग्री वितरण गरिएको हो ।
खानेपानी सुरक्षा योजनाको कार्यक्रम अन्तर्गत धौलागिरी नगर टोललाई सरसफाईका लागि प्रयोग हुने सामग्री वितरण गरिएको सँस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना समितिका सँयोजक दिपक लम्सालले बताउनुभयो । वितरीत सामग्रीहरुमा २ थान बेल्चा, २ थान कोदालो, १० थान झाडु, १ थान ठेलागाडा रहेका छन ।
कार्यक्रममा शिक्षा क्षेत्रबाट प्रतिनिधित्व गरेका खानेपानी सुरक्षा योजना समिति सदस्य बाबुराम घिमिरेले ब्यक्तिगत सरसफाईका बारेमा अभिमुखीकरण गर्नुभएको थियोे । कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमालले प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै बर्दघाट खानेपानी सँस्थाले वडा नम्बर ४ का करिव ३ हजार ८ सय घरधुरीलाई २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराएकोमा आफू समेत गर्वित भएको बताउनुभयो ।
उहाँले खानेपानी सँचालन र वितरण प्रणालीमा सँस्थाको मात्र दायित्व नभइ स्थानीयको पनि उत्तिकै दायित्व रहेको बताउनुभयो । खानेपानी र सरसफाई एक अर्कामा परिपुरक रहेकोले स्थानीयहरुले आफ्नो टोल र क्षेत्रको सरसफाई विशेष ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा बर्दघाट खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष धातानन्द बस्याल, मिलिजुली आमा समुहकी अध्यक्ष सिता कामु, स्थानीय समाजसेवी गणेश पाठक, धौलागिरी टोल विकास सँस्थाका अध्यक्ष डिलाराम चालिसे, समाजसेवी कृष्ण प्रसाद ढुँगाना लगायतले ब्यक्तिगत र सामुदायिक सरसफाईको बारेमा आ – आफ्नो धारण व्यक्त गर्नुभएको थियोे । कार्यक्रममा धौलागिरी टोलका करिव ७० जना स्थानियको सहभागिता रहेको थियो ।
कार्यक्रमको सँचालन सँस्थाका ब्यवस्थापक विष्णु कुमार भुसालले तथा स्वागत खानेपानी सुरक्षा योजना समिति सदस्य कृष्ण न्यौपानेले गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस