२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जनपत्रकार संगठन नवलपरासीको अध्यक्षमा पुनः प्रदीप पाठक चयन

२०७८ आश्विन २, शनिबार प्रकाशित ( साल अघि) ६११ पाठक संख्या

परासी, २ असोज ।जनपत्रकार संगठन नेपाल पश्चिम नवलपरासीको प्रथम भेला आज बर्दघाटमा सम्पन्न भएकाे छ ।भेलाले प्रदिप पाठककाे अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा नवलपरासीका सचिव धिरजले”केहि पत्रकारले जनताको समस्या र शोषीत पीडितको जनताको पक्षमा समाचार नलेख्ने बरू मिडिया मालिक र व्यापारीको दलाली गर्ने प्रवृत्ति व्याप्त रहेको बताउनुभयो।
सत्य तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व भएको तर केही पत्रकारले आफ्नो कर्तव्य बिर्सिएर जनताको आवाज नभई केहि व्यक्तिको आवाजलाई प्राथमिकतामा राख्ने गरेको उहाँको भनाई थियो।
जनपत्रकार संगठन आबद्ध पत्रकारहरुले समाजमा भएका समस्या र आवाजविहिन नागरिकको आवाज बोल्नु पर्छ । समाजमा रहेका गरीब,पीडित,शोषीत वर्गहरुका समस्यालाई आफ्नो कलमको माध्यमबाट उजागर गर्दै जनताको हक हित र अधिकारका लागि पत्रकारीता गर्नु पर्नेमा धिरजले अपिल गर्नुभयो ।

 कार्यक्रममा नेकपा नवलपरासी जिल्ला सदस्य एवं बर्दघाट नगर इन्चार्ज प्रताप,नगर सदस्य गणेश,ओम कार्की लगायतले आ-आफ्नो धारणा राख्नु भएको  थियो।कार्यक्रमको अध्यक्षता एवं संचालन प्रदिप पाठकले गर्नु भएको थियो ।
जनपत्रकार संगठनले आगामी असोज १० र ११ गते दाङको घोराहीमा लुम्बिनी प्रदेशको सम्मेलन गर्दैछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस