२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

लायन्स क्लबको आयोजनामा गुडिया र कुसन बनाउने तालिम सञ्चालन

२०७८ आश्विन १, शुक्रबार प्रकाशित ( साल अघि) ११५१ पाठक संख्या

परासी, १ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका -१ सहुवाटिकरमा गुडिया र कुशन बनाउने तालिम शुरु भएको छ । तालिममा स्थानीय २० जना बालबालिकाको सहभागिता रहेको छ ।
अमेरिकाको फ्लोरीडामा नेपालीहरुले निजानन्द मल्लको नेतृत्वमा खोलेको ग्रेटर ओर्लान्डाे लायन्स क्लबको सहयोगमा रामग्राम शान्ति भूमी लायन्स क्लबको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
तालिमको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । लायन्स क्लब रामग्राम शान्ति भूमिका अध्यक्ष सुरज यादवको अध्यक्षता तथा लायन्स क्लबका डिष्ट्रिक एक्जुकेटिभ चिफ श्याम कुमार बस्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नवलपरासी लायन्स क्लबका अध्यक्ष सम्झना चौधरी र डाइरेक्टर लायन नानू कुमारी खड्काले शुभकामना व्यक्त गर्नुभएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस