२०८२ कार्तिक ६, बुधबार
24 खबर अपडेट

सुनवल,रामग्राम र सरावलबाट ३४ जना युवाहरू एमालेमा प्रवेश

२०७८ आश्विन १, शुक्रबार प्रकाशित ( साल अघि) १४७७ पाठक संख्या

परासी, १ असोज । पश्चिम नवलपरासीको सुनवल,रामग्राम र सरावलबाट ठूलो संख्यामा युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज सुनवलको हरकट्टामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरि ३४ जना युवाहरु एमाले प्रवेश गरेका हुन् ।
एमाले जिल्ला सचिवालय सदस्य एवं जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य राजकुमार श्रेष्ठको पहल तथा अनेरास्ववियुका जिल्ला सहसंयोजक निरज खड्का, युवा समाजसेवी मीन बस्याल, अर्जुन गुप्ता , सन्जय पटेल लगायतको सक्रियतामा सुनवल-१२ भतौडि,फरौलि तथा रामग्राम र सरावलबाट उक्त संख्यामा युवाहरु एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिवालय सदस्य राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कांग्रेस र माओवादी परित्याग गरि अर्जुन गुप्ता, बसन्त यादव,सन्जय पटनवार,दुर्गाप्रसाद चौधरी, गिरिधारि हरिजन,आकाश चौधरी, सन्तोष चौधरी लगायत एमाले प्रवेश गरेका हुन् ।
उक्त अवसरमा एमाले नेता राजुप्रसाद हरिजन, निवर्तमान जिल्ला अध्यक्ष एवं प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी,नेताहरु बिमला अर्याल, राजकुमार श्रेष्ठ, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष युवराज डुम्रे ,केन्द्रीय सदस्य सन्तोष श्रेष्ठ, जिल्ला सदस्य सुनिल थापा,सुमन मल्ल लगायतले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस