२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जिल्लाकै ठुलाे बिश्वकर्मा बाबाको मन्दिर निर्माण तथा मूर्ति प्राण प्रतिष्ठा

२०७८ आश्विन १, शुक्रबार प्रकाशित ( साल अघि) ८९७ पाठक संख्या

 

परासी १ असाेज ।पश्चिम नवलपरासीमा जिल्लाकै सबैभन्दा ठुलाे बिश्वकर्मा बाबाको मन्दिर निमार्ण गरि मूर्ति स्थापना गरिएकाे छ ।बढई समाज पश्चिम नवलपरासीकाे अगुवाईमा रामग्राम नगरपालिकाकाे बैरिहवामा बिश्वाकर्माकाे बाबा मन्दिर निमार्ण गरि मूर्ति प्राण प्रतिष्ठा गरिएकाे हाे ।
बिश्वाकर्मा पुजाको दिनकाे अवसरमा आज उक्त मन्दिर उद्घाटन गरिएकाे बढई समाजका पुर्व केन्द्रीय सल्लाहकार संजय कुमार शर्माले जानकारी दिनुभयो ।
बढई समाजले चन्दा संकलन गरि उक्त मन्दिर निमार्ण तथा मुर्ति स्थापना गरेको समाजका जिल्ला अध्यक्ष जगदिश प्रसाद शर्माले बताउनुभयो । बढईहरूकाे आस्थाकाे केन्द्रको रूपमा बाबा बिश्वकर्मा मानिदै आएकाे छ ।
रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बाबा बिश्वकर्मा मन्दिरकाे उद्घाटन गर्नुभयो ।
उहाँले रामग्राम नगरक्षेत्रकाे धार्मिक, पर्यटन , संस्कृति र बिकास निर्माणमा नगरपालिका तत्पर रहेकाे बताउनुभयो ।
मन्दिर निर्माण गरेर मात्र जिम्मेवारी पूरा नहुने र यसकाे संरक्षण र प्रबर्द्धनमा गर्नमा उत्तिकै जिम्मेवार साथ लाग्न जरुरी रहेकाे गुप्ताले बताउनुभयो ।
उक्त मन्दिर ३ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । रामग्राम नगरपालिकाको रु १० लाख, अन्य चन्दा संकलनबमग रु १० लाख गरि रु २० लाखको लागतमा मन्दिर निमार्ण गरिएकाे छ ।
बढई समाज नवलपरासीका जिल्ला अध्यक्ष जगदिश प्रसाद शर्माकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा पूर्व रक्षाराज्मन्त्री रामबब्चन यादव,पूर्व शिक्षा राज्यमन्त्री गाेबिन्द चाैधरी,वडा न ४का वडाअध्यक्ष मदन यादव, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा ,बढई सामाजका पुर्व केन्द्रीय सल्लाहकार संजय कुमार शर्मा लगायतले बाबा बिश्वकर्माकाे सन्देशकाे बारेमा चर्चा गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस