२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

गोपालबहादुर श्रेष्ठको स्मृतिमा आदर्श माविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

२०७८ आश्विन १, शुक्रबार प्रकाशित ( साल अघि) ८६० पाठक संख्या

परासी, १ असोज । पश्चिम नवलपरासीको परासीस्थित आदर्श माविमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । हेल्पिङ्ग हेन्डस् परासीले आज विद्यालयमा एक कार्यक्रमका गरि आठ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो

स्वर्गीय गोपाल बहादुर श्रेष्ठको स्मृतिमा हाल अमेरिका बस्नुहुने श्रीमती अम्बिका देवी श्रेष्ठ र छोरा ब्रजेन्द्र बहादुर श्रेष्ठ तथा उहाँकि पत्नी रीता श्रेष्ठको सहयोगमा ८ जना विद्यार्थीलाई झोला सहित ६ महिना पुग्ने कापी,कलम,ज्यामिति बक्स लगायत सामग्री प्रदान गरिएको हेल्पिङ्ग हेन्डस् परासीका अध्यक्ष सञ्जय शर्माले जानकारी दिनुभयो ।
६ महिनापछि फेरि उनीहरुलाई थप शैक्षिक सामग्री उपलब्ध गराईने र यो क्रम हरेक वर्ष नै निरन्तरता दिने उहाँले बताउनुभयो । ब्रजेन्द्र श्रेष्ठ आदर्श माविको पूर्व विद्यार्थी समेत हुनुहुन्छ ।
शैक्षिक सामग्रीहरु स्वर्गीय गोपाल बहादुर श्रेष्ठका भाइ धीरेन्द्र श्रेष्ठ र नातिनी अन्जना श्रेष्ठले हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि धीरेन्द्र श्रेष्ठले सेवा गर्नु सबैभन्दा ठूलो पुण्य कार्य भएको बताउँदै शैक्षिक उन्नति गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
विद्यालयका प्राचार्य अरबिन्द पाठकले विपन्न विद्यार्थीको शैक्षिक उन्नतिका लागि सहयोग गर्नुभएकोमा श्रेष्ठ परिवार र हेल्पिङ्ग हेन्डसलाई धन्यवाद व्यक्त गर्नुभयो । प्राप्त शैक्षिक सामग्रीको सहि सदुपयोग गर्न पनि उहाँले जोड दिनुभयो । सामुदायिक रेडियो दाउन्नेका स्टेसन म्यानेजर मोहन पौडेलले विद्यार्थीहरुको उज्ज्वल भविष्य र शैक्षिक उन्नतिको लागि शुभकामना व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस