२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

हरपुरमा अनेमसंघको कमिटी गठन,लोसपा नेता मिश्रा माओवादी केन्द्रमा प्रवेश

२०७८ भाद्र ३०, बुधबार प्रकाशित ( साल अघि) ८८२ पाठक संख्या

परासी, ३० भदौ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-२ हरपुरमा अखिल नेपाल महिला संघ ( क्रान्तिकारी )को वडा भेला सम्पन्न भएको छ । अनेमसंघ क्रान्तिकारी पाल्हीनन्दनकि सदस्य कौशिल्या देवी दुसादको अध्यक्षता तता पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज घनश्याम यादवको प्रमुख अतिथ्यमा भएको भेलाले अनिता हरिजनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा कमला ठठेर,सचिवमा उर्मिला गौड, सहसचिवमा आरती हरिजन,कोषाध्यक्षमा झिनकी देवी तेली लगायत रहनुभएको छ ।
उक्त अवसरमा भक्सिपुर निवासी लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला सदस्य श्रीकान्त मिश्रा आफ्नो पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट हरपुरका जितेन्द्र गुप्ता,अमानिगन्जबाट रामबृक्ष गुप्ता, नरेस गुप्ता पनि माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य एवं पाल्हीनन्दन गाउँपलिकाका अध्यक्ष दीपक गुप्ता. माओवादी केन्द्रकाका पाल्हीनन्दन गाउँपलिका इन्चार्ज दुलारी हरिजन, गाउँपलिका कमिटी अध्यक्ष ध्रुव नारायण बनिया लगायतले शुभकामना व्यक्त गर्नुभएको माओवादी केन्द्र पाल्हीनन्दनका सचिव सुरेश गुप्ताले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%

प्रतिक्रिया दिनुहोस