२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पत्रकार कल्याणकारी कोषमा सहयोग जुट्दै,लोटस रिसोर्टका सञ्चालक पौडेलद्धारा रु पाँच हजार प्रदान

२०७८ भाद्र २३, बुधबार प्रकाशित ( साल अघि) ८३५ पाठक संख्या

 

परासी,२३ भदौ । पश्चिम नवलपरासीको सुनवल स्थित लोटस रिसोर्टका सञ्चालक कृष्णप्रसाद पौडेलले नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा सहयोग रकम उपलब्ध गराउनुभएको छ ।
पत्रकार महासंघले विपदमा परेका पत्रकारको सहयोगका लागि स्थापना गरेको कोषमा रिसोर्ट सञ्चालक पौडेलले आज रु ५ हजार उपलब्ध गराउनुभएको हो ।
सहयोग रकम उपलब्ध गराएकोमा महासंघले धन्यवाद व्यक्त गरेको छ । कोषमा सहयोग रकम उपलब्ध गराउने क्रम जारी रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष हरि शर्माले बताउनुभयो ।
जिल्लाका पत्रकारहरूकाे सहयाेगका लागि स्थापना गरिएको पत्रकार कल्याणकारी काेषमा सहयोग गर्न चाहने सहयाेगी हातहरूका लागि प्रभु बैक परासी शाखामा रहेकाे काेषकाे चल्ती नं.०५००१५१९३९५०००११ मा जम्मा गर्न सकिने गरि व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।
गत भदाै ११ गते आएकाे बाढीले जिल्लाका १४ जना पत्रकारहरू प्रभावित भएकाे र त्यसमध्ये ७ जना पत्रकार अति प्रभावित रहेको महासंघले जनाएको छ ।
काेष स्थापनाकाे पहिलाे दिनमै लुम्बिनी दैनिक बुटवलबाट १० हजार,दौतरी एफएमले रु दस हजार, पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका काेषाध्यक्ष प्रकाश न्याैपाने र सहसचिव श्याम बुचा मगरले ५/५ हजार उपलब्ध गराउने घाेषणा गर्नुभएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस