२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

खेलकुद विकास समितिमा पदस्थापन,खेलकुदका गतिविधि अब अघि बढ्छन् : सदस्य सचिव वली

२०७८ भाद्र २१, सोमबार प्रकाशित ( साल अघि) १४७७ पाठक संख्या

परासी, २१ भदौ । जिल्ला खेलकुद विकास समिति नवलपरासीमा नवगठित कार्य समितिको पदस्थापन भएको छ ।
लुम्बिनी प्रदेश सरकारले खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त गरेपछि कार्यालयले आज नवनियुक्त समितिलाई स्वागतसहित पदस्थापन कार्यक्रम आयोजना गरेको हो ।
लामो समय नेतृत्व बिहीन रहेको जिल्ला खेलकुद विकास समिति प्रदेश मातहतमा पुगेपछि नेतृत्व पाएको हो ।
समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव भीम वलीले कोरोना महामारीको कारण अबरुद्ध बनेको खेलकुद गतिविधिले अब तीव्रता पाउने बताउनुभयो ।
उहाँले नवलपरासी जिल्ला खेलकुदको उर्वर भूमी भएकोले राष्ट्रिय पहिचानको लागि अत्यन्त महत्वपुर्ण रहेको बताउनुभयो ।
जिल्लाका खेलकुद विकास समिति यसअघि राष्ट्रिय खेलकुद परिषद् अन्तरगत रहेको भए पनि अब प्रदेश समिति मातहतमा आएकोे उहाँले उल्लेख गर्नुभयो ।
प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत कानुन पारित भइसकेको हुदा बजेटको बाडफाड पनि प्रदेशबाट नै हुने पनि उहाँले जानकारी दिनुभयो ।
नवलपरासी खेलकुद विकास समितिका कार्यालय प्रमुख बलराम शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नवनियुक्त जिल्ला अध्यक्ष जोखन अन्सारी मिया, उपाध्यक्ष होमनाथ भण्डारी, कोषाध्यक्ष गोविन्द थापा तथा सदस्यहरु राजकुमार रेश्मी, ठगइ गुरौ, ममता क्षेत्री, आरती लामिछाने, सुरेन्द्र थापा, बुद्धिसागर गुप्ताले पदभार ग्रहण गर्नुभएको थियोे ।
उक्त कार्यक्रममा लुम्विनी प्रदेश खेलकुद परिषद्का कोषाध्यक्ष कृष्ण देवकोटा, कार्यकारी सदस्य उमा अधिकारी, नवनिर्वाचित जिल्ला अध्यक्ष जोखन अन्सारी मिया, कराते प्रशिक्षक ऋषिराम पौडेल, योगेन्द्र हरिजन लगायतले बोल्दै खेलकुद स्वास्थ्य र राष्ट्र दुवैका लागि अपरिहार्य भएकोले निरन्तर लागिरहनु पर्ने भन्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस