२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवल– ६ को कांग्रेस सभापतिमा पदम प्रसाद काफ्ले

२०७८ भाद्र १८, शुक्रबार प्रकाशित ( साल अघि) ६४६ पाठक संख्या

रमेश भुसाल

सुनवल, १८ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्वर ६ को वडा सभापतिमा पदम प्रसाद काफ्ले सर्वसम्मत चयन हुनुभएको छ ।
सर्वसम्मतिमा भएको वडाअधिवेशनबाट सभापतिमा काफ्ले संगै उपसभापतिमा कृषण प्रसाद पौडेल र गोविन्द वहादुर रोक्का, सचिवमा विकास साही र रामचन्द्र ढकाल र सहसचिवमा जयराम न्यौपाने र गोपाल घिमिरे चयन हुनुभएको मतदान अधिकृत कृष्ण कालिकोटाले जानकारी दिनुभयो ।
त्यस्तै सदस्यहरुमा मनोज कुवर क्षेत्री, भिमवहादुर गुरुङ, देब मल्ल ठकुरी, मान वहादुर कुवर, जिवलाल पाण्डे, यानिसरा विक, खुम वहादुर श्रेष्ठ, सन्तोष वहादुर सार्कि, टिका भन्डारी नवराज घिमिरे, छविकला वोहोरा, कर्ण वहादुर पुन कृष्ण प्रसाद कुवर र रेखा कुमारी मगर चयन हुनुभएको छ ।
वडा नम्वर ६ बाट क्षेत्रिय प्रतिनिधिमा तुल्सी चौधरी, यज्ञ प्रासद पाठक, कृष्ण प्रसाद गन्दर्भ, जिवलाल भट्राई , हेमराज पौडेल , वसन्ती खत्रि , सरस्वती घिमिरे , मायादेवि पौडेल, सञ्जिव लामा, सुनिता लामा, विनोद घिमिरे, पुनम कुमारी पुन, खेमराज पाण्डे, भिमा कवर, हेप्पिनाथ कवर र रामप्रासद तामाङ लामा चयन हुनुभएको सहायक मतदान अधिकृत गोविन्द भण्डारीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस