२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा विप्लव नेकपाको राजनीतिक तथा वैचारिक प्रशिक्षण सप्पन्न

२०७८ भाद्र १६, बुधबार प्रकाशित ( साल अघि) ८१३ पाठक संख्या

 

परासी, १६ भदौ ।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नवलपरासीले राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
बर्दघाटमा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य भीमले नेपाली जनताको मुक्तिका लागि सबै श्रमिक जनताहरु एकजुट भएर संघर्षमा उत्रिनुपर्ने बताउनुभयो ।
दलाल पुँजीवादी संसदीय व्यवस्था विश्वमा बदनाम र असफल भएकोले अब नेपाली जनताले जनमत संग्रह मार्फत शासन व्यवस्था चुन्न पाउनु पर्ने उहाँको जोड थियो ।
कार्यक्रममा सहभागीहरुलाई वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति,दलाल पुँजीवादी, संसदीय पार्टी असफलता बारेमा उहाँले प्रशिक्षित गर्नुभएको थियो ।
पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज ध्रुवले राजनीतिक प्रशिक्षण दिदै जनसंगठनबाटै पार्टी निर्माण हुने भएकोले जनबर्गिय संगठन निर्माणलाई अगाडि बढाउदै जाने बतायनुभयो ।
संगठन सानो हुँदैमा फरक नपर्ने भन्दै उहाँले मजबुत र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता रहेको बताउनुभयो । उपयुक्त समयमा सहि निर्णयमा ३ बुँदे सहमति भएको बताउदै उहाँले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अगाडी बढाउदै जाने र विभिन्न किसिमका भ्रमका पछाडि नलाग्न अपिल गर्नुभयो ।
राजनीतिक संवादको समाधानका लागि प्रगतिशील संयुक्त सरकार निर्माण गरि जनमत संग्रह गर्ने पार्टीको निर्णय भएकोले व्यवस्था चुन्ने अधिकार जनता लाईनै दिनुपर्ने उहाँको भनाइ थियोे ।
एमसिसिको ससक्त रुपमा सघर्ष गर्दै पास हुन नदिन जनतामाझ भन्डाफोर गर्न उहाँले आवहान गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी धीरज, संन्चालन पार्टीको जिल्ला सदस्य प्रतापको थियो भने कार्यक्रममा नेकपा केन्द्रिय सदस्य भिम,नवलपरासी इन्चार्ज ध्रुब ,नवलपुर युवा अध्यक्ष अभिनास,सहिद परिवार सदस्य लगायत पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस