२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दनको शंकरपुरस्थित बाढीबाट अतिप्रभावित २०६ घरपरिवारलाई राहत वितरण

२०७८ भाद्र १४, सोमबार प्रकाशित ( साल अघि) १२६३ पाठक संख्या

 

परासी, १४ भदौ । बाढीबाट अति प्रभावित पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकम-१ स्थित शंकरपुरमा राहत सामाग्री वितरण गरिएको छ ।
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक) को समन्वय तथा सुनवल सामुदायिक बिकास केन्द्र , सुनवल र युनाइटेड मिसन टु नेपाल यु.एम.एन. नवलपरासी कलस्टरको आर्थिक सहयोगमा शंकरपुरका बाढी प्रभावित सबै २०६ घरपरिवारलाई आज राहत वितरण गरिएको गाउँपालिकाका विपद व्यवस्थापन संयोजक प्रदीप तिवारीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष गुप्ताको अध्यक्षता तथा यूएमएनका टिम लिडर सबु तामाङ, ट्रेनिङ म्यानेजर बालकृष्ण पाण्डे र साझेदार संस्था सुनवल सामुदायिक बिकास केन्द्रका अध्यक्ष सपना अधिकारीको समेत उपस्थितिमा बाढी प्रभावित २०६ घरपरिवारलाई(चामल सोना मन्सुली २५ किलो,दाल मसुरो ३किलो ,सोयाबिन २लिटर , चिनी २किलो,नुन २पैकेट, सोयाबिन कलिगन डकि ८०० ग्राम,डिटोल साबुन २पिस,क्वालिटी साबुन २ पिस,आलु रातो लाम्चो५ किलो,प्याज ३किलो,चना२किलो,मसला गोल्डेन बुद्ध २५० ग्राम ,बेसार २००ग्राम ,त्रिपाल सालिमार कम्पनीको( 12*18 )3kg को १ पिस समेत गरि १४प्रकारको सामग्रीहरु बितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष गुप्ताले बाढी प्रभावित नागरिकलाई विभिन्न निकायसँगको सहकार्यमा राहत उपलब्ध गराएको भन्दै नआत्तिन आग्रह गर्नुभएको थियोे । उक्त क्षेत्र बाढीबाट अति प्रभावित क्षेत्र भएकोले समस्याको दीर्घकालीन समाधानको लागि प्रदेश र संघीय सरकारसँग पनि पहल गरिरहेको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%१%

प्रतिक्रिया दिनुहोस