२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाद्धारा बाढी प्रभावितको स्वास्थ्य परीक्षण

२०७८ भाद्र १३, आईतबार प्रकाशित ( साल अघि) ५२६ पाठक संख्या

परासी , १३ भदौ । रामग्राम नगरपालिकाका बाढी प्रभावितको स्वास्थ्य परीक्षण शुरु गरिएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले द्रुत परीक्षण टिममार्फत आज वडा नं १ सहुवाटिकरका बाढी प्रभावितको स्वास्थ्य परीक्षण गरेको हो ।
बाढी प्रभावितलाई तत्काल हुन सक्ने रोगहरुबाट बचाउन आरआरटि टिम परिचालन गरि स्वास्थ्य परीक्षण गरिएको शुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटाले जानकारी दिनुभयो । परीक्षणसँगै नि:शुल्क ओैषधी पनि वितरण गरिएको उहाँले बताउनुभयो ।
आज ६५ पुरुष र ४५ महिला गरि ११० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । बाढीका परासी क्षेत्रका अधिकांश घरहरु डुबान परेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस