२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

अनेमसंघ क्रान्तिकारी सुनवल नगर अध्यक्षमा कार्की, ४५ सदस्यीय कमिटी गठन

२०७८ भाद्र ५, शनिबार प्रकाशित ( साल अघि) १४५५ पाठक संख्या

परासी, ५ भदौ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) सुनवल नगर कमिटीको भेला आज सुनवलमा सम्पन्न भएको छ । भेलाले अनेमसंघ क्रान्तिकारीको सुनवल नगर कमिटी गठन गरेको छ ।
भेलाले माओवादी केन्द्रकी नेतृ प्रतिभा कार्किको अध्यक्षतामा ४५ सदस्यीय नगर समिति र्निविरोध चयन गरेको हो । कमिटीको उपाध्यक्षमा दीलमाया सुनार, सचिवमा भिमा पौडेल, सहसचिवमा गोमा आचार्य, कोषाध्यक्षमा सकुन्तला न्यौपाने लगायत रहनुभएको माओवादी केन्द्र सुनवल नगर कमिटी कार्यालय सदस्य समिक्षा बलालले जानकारी दिनुभयो ।
प्रतिभा कार्किकै अध्यक्षता तथा अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष बविता विकको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य सुर्य न्यौपानेको विषेश आतिथ्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस