२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

प्रतिगमन र माओवादी आन्दोलन – अडिग बिक

२०७८ भाद्र १, मंगलबार प्रकाशित ( साल अघि) १६२० पाठक संख्या

अडिग बिक
वि.स.२००६ सालदेखि अहिलेसम्म नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिलाई मुल्यांकन गर्ने हो भने अग्रगामी प्रगतिसंगै प्रतिगमनकारी दुर्गती पनि निकट हुँदै आएको, यसलाई इतिहासका तथ्यहरुले प्रमाणित गर्दछ । ।
यसमा पनि जसले सचेतढंगबाट पुरातनवादी व्यवस्था विरुद्ध बिद्रोह गर्दै क्रान्तिकारी परिवर्तनको नेतृत्व गरेका थिए उनै शक्तिहरु जब जब सत्ता,शक्ति ,स्रोत ,सुविधामा पुगे त्यहाँ देखी सत्ता लिप्त आत्मकेन्द्रीत ब्याक्तीवादको दुशचक्रमा फसेको कारण आफ्नो क्रान्तिकारी प्रवृत्तिमा ह्रास आउनु, आन्तरिक अंतर्विरोधको पहिचान र व्यवस्थापन गर्न नसक्नु , कम्युनिष्ट बिरोधि शक्तिहरुको घुसपैठ आदिले निम्त्याएको प्रतिगमन विभिन्न स्वरुपमा देखा परिरहेको छ ।
मुलतः यसमा संयम कम्युनिष्ट जीबनको आन्तरिक कारण निर्णायक छ । अर्को कुरा झण्डै दुई ढाइ दशक देखि यता पुरानो विरासत तोड्दै , नेपाली कम्युनिष्ट आन्दोलन र राजनीतिमा, गुणात्मक छलाङ मार्न सफल माओवादी र जनतामा बढेको तिव्र महत्वाकांक्षा बीच सन्तुलन मिलाउन नसक्नु माओवादी गुणमा आएको गिरावट हो ।
जसको कारण प्रतिगमनले टाउको उठाउने मौका पायो । भलै मुल नेतृत्वमा रहेको कुशलताका कारण प्रतिगमन पच्छारिएको हो प्रतिगमन मरेको भने छैन, पच्छारिएको छ । यदी माओवादी आन्दोलनको रोग प्रतिरोधात्मक क्षमतामा यही गतिमा ह्रास आउदै जाने हो भने जोखिम टरेको छैन् ।
जोखिम मुक्त हुनको लागि आफैं भित्रको रोग प्रतिरोधात्म गुणमा निर्भर हुन्छ । बाकी एभिडेन्सहरुले प्रमाणिात गर्ने छ । कसरी प्रतिगमन रोक्न सकिन्छ भन्ने सवालमा क्रान्तिकारी आन्दोलनका उपलब्धिहरुको रक्षा ,प्रयोग बिकाश अनुसन्धान ,सचेत पुर्वक गर्न सही नीति र नेतृत्वबाट मात्रै संभव हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न प्रयोगात्मक बिधि र प्राप्त नतिजाले पुष्टि गर्दछ ।
– कम्युनिष्ट पार्टी क्याडर बेस पार्टी हो जसबाट मात्रै मासबेसको कमान्ड वा नेतृत्व गर्न सकिन्छ तसर्थ कार्यकर्ताको उचित मुल्यांकन संरक्षण , प्रबर्द्धन गर्न , उसको इतिहास निरन्तरता ,कृयाशिल्ता,इमानदारिता ,क्षमता ,र आवश्यकताकोआधारमा जिम्मेवारी निर्धारण गर्दै बैज्ञानिक व्यवस्थापन गर्न सामुहिक छलफल ,सामुहिक निर्णय, ब्याक्तीको उत्तर दाइत्व बोध अनिवार्य हुनुपर्छ ।
व्यवस्था प्रगतिशील तर सत्ता चरीत्र र संस्कार बुर्जुवा जसको कारण चुनाव देखि चुनाव , सत्ता शक्ति ,स्रोतको दुरुपयोग गर्ने चुनावी पद्धतिलाई खारेज गरी प्रतिनिधित्वको आधारमा पुर्ण समानुपातिक व्यवस्थाना जानुपर्छ । कार्यकारी शासकीय स्वरूप ,प्रत्येक्ष निर्वाचन प्रणालीलाई अवलम्बन गर्नु आजको आवश्यकता हो ।
माओवादी भित्र कतिपय अवसरवादीहरुको प्रभाव कायमै राखियो भने , संविधान ,गणतन्त्र ,संघीयता ,धर्म निरपेक्ष र समावेशी जस्ता मुद्दा लिलाम गर्न उद्वत रहने निश्चित प्राय हुन्छ जसको कारण जनता भ्रमित हुनेछन् प्रतिगमनको कारण आफ्नै गर्भबाट जन्मने कुरा रोक्नुपर्छ ।
अल्पज्ञान र अहंकार बढ्यो भने नेता मालिक कार्यकर्ता र जनता दास बनाउने सामन्ती , दलाल पुजीवादी गडजोडबाट जन्मिएका उपभोगवादी ठिमा कार्यकर्ता र जनताले प्रतिगमन रोक्छ्न भन्ने भ्रम पाल्नु मुतको न्यानो लिनु सरह हो । यसको लागी सांस्कृतिक बहस अहिलेको प्रमुख आवश्यकता हो ।
सिंगो प्राणी जिबनका लागि शरीर स्वस्थ्य र सबल रहनुमा जसरी कोशिका वा सेलको महत्त्व छ त्यसरीनै पपार्टी जिबन पनि सेल कमिटी प्रणाली स्वस्थ हुन् जरुरी छ नत्र हाजिरे सेल्फी टपटुइया अराजक केहि चाकडीवाज झोलेहरुबाट आश गर्नु सीमित ब्यक्तिलाई ठेकेदारको श्रेणी थम्नु बायक अरु केही हुदैन गतिलो सुपरिवेक्षण समिति बनाउन अनिवार्य छ ।
जबसम्म जनताले समानता, समता , समृद्धिको महसुस सचेतता पुर्वक गर्दैन तबसम्म कम्युनिष्ट पार्टी असुरक्षित हुनु स्वभाविक हुन्छ र प्रतिगमन पनि बेलाबेलामा बल्झने गर्छ यसको लागि बिशेष गरी माओवादी पार्टी जवाफदेही बन्नुपर्छ यो इतिहासको माग हो ।आशा गरौं केन्द्रिय कमिटीले केही छनक देखाएको छ कति इमानदारीपूर्वक लागु हुन्छ व्यबहारले पुष्टि गर्ला ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%

प्रतिक्रिया दिनुहोस