२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

राष्ट्रिय युवा संघ नवलपरासीको कार्यालय उद्घाटन

२०७८ श्रावण २८, बिहिबार प्रकाशित ( साल अघि) १२९६ पाठक संख्या

परासी, २८ साउन । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीले आफ्नो कार्यालय स्थापना गरेको छ । मनमोहन स्मृत्ति भवन परासीमा स्थापना गरिएकाको युवा संघको कार्यालयको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएिको छ ।
कार्यालयको एमाले जिल्ला अध्यक्ष एवं लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले उद्घाटन गर्नुभयो । उक्त अवसरमा जिल्ला अध्यक्ष अधिकारीले युवाहरुलाई रोजगारीसँग जोडिने कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । मुलुकको विकासमा युवा तथा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहने भएकाले अब नवलपरासी जिल्लाका युवा तथा विद्यार्थीहरु संगठनमा आवद्ध हुदै रचनात्मक कार्यमा अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाई थियो ।
पार्टीका हरेक संगठनका नेता कार्यकर्ताहरु अहिले सक्रिय भएका कारण जिल्लाका सबै तहमा संगठन मजबुत हुदैगएको बताउदै जिल्ला अध्यक्ष अधिकारीले युवा जहिले पनि रचनात्मक र सामाजिक कार्यमा क्रियाशील हुदां पाटी मज्बुत हुने र युवा कमजोर हुंदा पार्टी कमजोर हुने भएकाले आगामी दिनमा अझ संगठीत भएर अग्रभागमा रहेर काम गर्न निर्देशन दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीका संयोजक युवराज डुम्रेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय परिषद् सदस्य बिमला अर्याल,राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य रमेश पौडेल, जिल्ला उपाध्यक्ष रामु भण्डारी, सचिव ज्ञानप्रसाद पाठक(सन्तोष) लगायतले बोल्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस