२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दनमा बन्यो बहुउद्देश्यीय सभाहल, मन्त्री चौधरीद्धारा उद्घाटन

२०७८ श्रावण २६, मंगलबार प्रकाशित ( साल अघि) १२३१ पाठक संख्या

मोहन पौडेल
परासी, २६ साउन । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकामा रु एक करोड १० लाखको लागतमा बहुउद्देश्यीय सभाहल निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा दुई वर्षमा सभाहल निर्माण सम्पन्न भएको हो ।
पाल्हीनन्दन–३ बिजयपुरमा निर्माण भएको उक्त सभाहलको आज लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले उद्घाटन गर्नुभयो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चौधरीले प्रदेशका सबै स्थानीय तहमा सभाहल निर्माण गर्ने प्रदेश सरकारको नीति अनुसार सभाहल निर्माण भएको बताउनुभयो ।
उहाँले सभाहलको सही सदुपयोग गरी आम्दानीको स्रोत बनाउन आग्रह गर्नुभयो । मन्त्री चौधरीले एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट डराएर प्रदेशमा विपक्षी दलहरु सरकार हत्याउन लागिपरेको दाबी गर्नुभयो । अदालतको फैसला बमोजिम नै सरकार अघि बढ्ने उहाँको भनाई थियो ।
नवनिर्मित सभाहलमा चार सय जना अट्ने क्षमता रहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो । गाउँघरमा हुने सभासमारोह, सास्कृतिक उत्सव, विवाह लगायतका कार्य गर्न स्थानीयलाई पनि सहज भएको अध्यक्ष गुप्ताले बताउनुभयो ।
सुविधायुक्त सभाहल नहुँदा सार्वजनिक कार्यक्रमहरु खुला स्थानमा गर्नुपर्ने बाध्यता थियो । बहुउद्देश्यीय सभाहलमा शौचालय, वाथरुम, चेन्जीङ्ग रुम, एसीसहितको सुविधा रहेको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस