२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एमसीसी सम्झौता खारेजको माग गर्दै बर्दघाटमा प्रदर्शन

२०७८ श्रावण १९, मंगलबार प्रकाशित ( साल अघि) १०२७ पाठक संख्या

परासी, १९ साउन । पश्चिम नवलपरासीको बर्दघाटमा एमसीसी सम्झौता, राष्ट्रघात – जनघात–महङगी र भष्ट्राचारको बिरुद्धमा प्रर्दशन गरिएको छ ।
भारतीय प्मिा सुरक्षा बल (एसएसबी) महाकाली नदीको तुइन काटदाँ भएको घटना र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) सम्झौताको बिरुद्ध तथााबढदो महंगी र भष्ट्रचारको बिरोधमा मंगलवार बैद्य माओवादीको अगुवाईमा प्रर्दशन गरिएको हो ।
मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रियता जनतन्त्र र जनजिविकापक्षमा नागरिक आन्दोलन आवश्यक भएको बताएका थिए ।
दार्चुलामा भारतीय एसएसबीले तुइन काटेर नेपाली नागरिक जयसिंह धामीको हत्या गरेको र अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अमेरिकी सैन्य कार्यक्रम रहेको भन्दै बैद्य माओवादीले बिरोध गरेको हो ।
प्रर्दशनकारीले एमसीसी सम्झौता खारेज गर , राष्ट्रिय स्वाधीनताको रक्षा गरौ , भारतीय हस्तक्षेप बन्द गर , अमेरिकी साम्राज्यवाद मुर्दावाद, जयसिंह धामीको हत्यारालाई कारवाही गर जस्ता नारा लगाउदै बर्दघाटको मुख्यबजार क्षेत्र परिक्रमा गरेर पुरानो चौकी नजिक कोणसभा गरेका थिए । प्लेकार्ड सहितउत्रिएका प्रर्दशनकारीले स्थानीय रुपमा भुमाफियाले सार्वजनिक जग्गा हडप्न खोजेको भन्दै भुमाफिया मुर्दावाद, सार्वजनिक जग्गा संरक्षण गर जस्ता नारावाजी गरेका थिए ।
सभामा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज प्रेम सुवेदीले संसदीय ब्यवस्थाले राष्ट्रघात जनघात गर्दै अगाडि बढेकोले सच्चा देशभक्तहरु एकीकृत हुनुपर्ने बताउनुभयो । उहाँले दुई सय प्रतिशत सम्म मंहगी बृद्धि भएको बताउदै भष्ट्रचार नभएको निकाय पाउनै गाह्रो भएको बताउनुभयो ।
सोही पार्टीका अर्का पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव भुपेन्द्र न्यौपानेले भारतीय विस्तारवादको ज्यादती र अमेरिकी साम्राज्यवादले ल्याएको एमसीसी बिरुद्ध लड्नका लागि दुवै मिसन बुझ्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वाधीनताका लागि नागरिक आन्दोलनका अध्यक्ष तथा अधिबक्ता पदम कार्कीले एमसीसी इन्डो प्यासिफिक सैन्य रणनीति अन्तरगत रहेको उल्लेख गर्दै राष्ट्र बचाउन सबै नागरिक एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश संयोजक क्षेत्रबहादु्र थापाले हरेक क्षेत्रमा माफियाकरण भएको उल्लेख गर्दै बिकृति बिसंगतिका बिरुद्ध सचेत नागरिक आन्दोलन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेलले पार्टीले स्थानीय रुपमा समेत जनताको मुद्धा उठाउदै आएको जानकारी दिनुभयो ।
त्यस्तै क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर ईञ्चार्ज चुडामणी भण्डारी, क्रान्तिकारी माओवादी रुपन्देहीका सेक्रेटरी बिनोद मरासिनी ,क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेय, अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका प्रदेश संयोजक राजु भुजेल ,अखिल क्रान्तिकारीका मनोज थापाल गायतको आतिथ्य रहेको थियो ।

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस