२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्रतापपुर गाउँपालिका–८ को वडा कार्यालय पायक पर्ने स्थानमा बनाउन संघर्ष समितिको माग

२०७८ श्रावण १७, आईतबार प्रकाशित ( साल अघि) ९०७ पाठक संख्या

परासी, १७ साउन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.८ को वडा कार्यालय पायक पर्ने स्थानमा बनाउन स्थानीयवासीले माग गरेका छन् । स्थानीय संघर्ष समितिले आज प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई ज्ञापनपत्र बुझाउँदै वडा कार्यालय पायक पर्ने स्थानमा बनाउन पहल गरिदिन माग गरेका हुन् ।
साविक वडा नं. ५ ग हालको वडा कार्यालय खैरहनी डिहकाली मन्दिर कित्ता नम्बर १०९ जग्गा सात धुर ११ कठ्ठामा रहेको मन्दिर परिसर भित्र दक्षिणतर्फ वडा कार्यालय बनाउन सर्वसम्मत निर्णय भएकोले सोही स्थानमा वडा कार्यालय बनाउनुपर्ने संघर्ष समितिका अध्यक्ष मनोज कुमार पालले बताउनुभयो ।
वडा कार्यालयले भने साविक गुठीप्रसौनी ७ घ हालको प्रतापपुर गाउँपालिका वडा नं. ८ को सीमानाको सार्वजनिक जग्गामा वडा कार्यालय बनाउने भनी टेन्डर गरेकोले उक्त स्थानमा वडाका वासिन्दालाई पायक नपर्ने संघर्ष समितिको दाबी छ । उक्त टेन्डर रोक्का गरी सवैलाइृ पायक पर्ने मन्दिर परिसरमा वडा कार्यालय बनाउन माग गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस