२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सरकारमा नयाँ अनुहार पठाउछौँ – बलदेव

२०७८ श्रावण १६, शनिबार प्रकाशित ( साल अघि) ७६५ पाठक संख्या

परासी, १६ साउन । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री चक्रपाणी खनाल बलदेवले देउवा सरकारको मन्त्रीमण्डलमा पार्टीले नयाँ अनुहारलाई प्राथमिकता दिने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र पश्चिम नवलपरासीले आज सुनवलमा गरेको अन्र्तक्रिया तथा बैठकमा सम्बोधन गर्दै नेता बलदेवले पार्टीले अहिलेसम्म मन्त्री नभएका र योग्य नेताहरुलाई मन्त्रीका लागि सिफारिस गर्ने बताउनुभएको हो । उहाँले अव जिल्ला र स्थानीय स्तरसम्म पार्टीको संगठन विस्तारलाई तीव्रताका साथ अघि बढाउन निर्देशन पनि दिनुभयो ।
नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका नेता एवं पूर्वराज्य मन्त्री घनश्याम यादव लगायतले बोल्नुभएके थियो । बैठकले संगठन विस्तारलाई अघि बढाउने निर्णय गरेको पार्टीका जिल्ला सचिवालय सदस्य बुद्धन अलिले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस