२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जनमत लत्याएर परमादेशबाट शासन चलाउनु निरंकुशता हो – मुख्यमन्त्री पोखरेल

२०७८ श्रावण १६, शनिबार प्रकाशित ( साल अघि) ७४१ पाठक संख्या

मोहन पौडेल
परासी, १६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले जनमत लत्याएर परमादेशबाट शासन गर्नु सम्बैधानिक कु भएको दाबी गर्नुभएको छ । राष्ट्रियता प्रति अडान राखेकै कारण प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाईएको उहाँले बताउनुभयो ।
राष्ट्रिय युवा सङ्घ नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले आज बर्दघाट नगरपालिका—४ स्थित पारिजात सामुदायिक वन क्षेत्रमा आयोजना गरेको बृहत राष्ट्रिय वृक्षारोपण अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले अदालतको आदेशबाट शासन चलाउनु प्रतिगमन भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अदालतको परमादेशबाट शासन चलाउने कुरालाई अग्रमन भन्ने गरिएको छ, त्यो कहाँको परिभाषा हो ?” उहाँले थप्नुभयो, “जनताको बीचबाट शासन चलाउने अधिकार अग्रगमन हो, अदालतको फेसलाबाट शासन गर्ने भनेको पश्चगमनता हो, निरङ्कुशता हो, जनमत लिनु नपर्ने भन्ने कुरा सम्बैधानिक कु हो”
शासनसत्ताबाट बामपन्थी जनमत अपहरण गर्ने काम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा भएको उहाँको जिकिर थियो । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनुभएका नेता पोखरेलले ओलीको नेतत्वमा राष्ट्रिय स्वाधिनता र स्वाभिमानको हितमा उल्लेख्य काम भएको बताउनुभयो ।
राष्ट्रियताको पक्षमा उभिएकै कारण एमालेको सरकारलाई विस्थापित गरिएको उहाँको दाबी थियो । अहिले अदालतको आदेशबाट शासन चलाएपनि डेढ वर्षपछि जनतामा जानै पर्ने भएकोेले जनताको मतबाट नेकपा एमाले पुनः स्थापित हुने मुख्यमन्त्री पोखरेलको भनाई थियो ।
उहाँले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा साढे तीन वर्षको अवधिमा मुलुकको विकास र समृतिका लागि असाधारण कार्यहरु भएको उल्लेख गर्नुभयो । राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेलले एमाले नेतृत्वको सरकारले थालेका विकास र समृद्धिका योजनाहरु जनताले सम्झीरहने बताउनुभयो । उहाँले निर्वाचनबाट पुनः नेकपा एमालेलाई मुलुकको नेतृत्व गर्ने पार्टीको रुपमा स्थापित गराएरै छाड्ने उद्घोष गर्नुभयो ।
राष्ट्रिय युवा सङ्घले देभभरी पाँच लाख बिरुवा रोप्ने गरी घोषणा गरेको बृहत राष्ट्रिय वृक्षारोपण अभियान अन्र्तगत आज नवलपरासीमा एकैदिन हर्राे, बर्राे, अमला लगायत १३ प्रजातिका सात हजार ५०० बिरुवा रोपिएको हो ।
सङ्गठन निर्माणसँगै रचनात्मक र सीर्जनशील काम गर्ने क्रममा वातावरण र पर्यावरण संरक्षण गर्र्न साथै तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्ष अघि घोषणा गरेको दुई करोड विरुवा रोप्ने अभियान सफल पार्न वृक्षारोपण गरिएको राष्ट्रिय युवा सङ्घका जिल्ला अध्यक्ष युवराज डुम्रले जानकारी दिनुभयो । रोपिएका बिरुको युवा सङ्घकै अगुवाईमा संरक्षण गरिने उहाँले बताउनुभयो ।
उक्त अवसरमा नेकपा एमाले जिल्ला कमिटी सदस्य राजकुमार श्रेष्ठ सहितको पहलमा सरावल— २ बाट नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जसपा लगायत दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका पचास बढी युवाहरुलाई मुख्यमन्त्री पोखरेलले स्वागत गर्नुभएको युवा संघका जिल्ला सचिव ज्ञानप्रसाद पाठक(सन्तोष)ले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस