२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

मुख्यमन्त्री पोखरेल शनिबार बर्दघाट आउँदै

२०७८ श्रावण १५, शुक्रबार प्रकाशित ( साल अघि) १९४६ पाठक संख्या

परासी, १५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल शनिबार पश्चिम नवलपरासीको बर्दघाट आउनुहुने भएको छ ।
एमालेको युवक संगठन राष्ट्रिय युवा संघ नवलपरासीले शनिबार आयोजना गरेको वृहत वृक्षारोपण अभियानको शुभारम्भ गर्न मुख्यमन्त्री पोखरेल नवलपरासी आउन लाग्नुभएको एमाले नवलपरासीका सचिव राजन कुमार आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी, राष्ट्रिय युवा सघका केन्द्रिय अध्यक्ष किरण पौडेल लगायतका नेताहरुको पनि सहभागिता रहने बताईएको छ ।
युवा संघले घोषणा गरेको बृहत राष्ट्रिय वृक्षारोपण अभियान अन्र्तगत शनिबार पश्चिम नवलपरासीमा एकैदिन पाँच हजार बढी बिरुवा रोप्ने कार्यक्रम छ । बर्दघाट नगरपालिका ४ स्थित पारिजात सामुदायिक वन क्षेत्रमा पाँच हजार विरुवा रोप्ने गरी आयोजना गरेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संघका जिल्ला अध्यक्ष युवराज डुम्रेले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको नाराका साथ युवा संघले संगठन निर्माणसँगै रचनात्मक र सीर्जनशील काम गर्ने क्रममा वातावरण र पर्यावरण संरक्षण गर्र्न साथै तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्ष अघि घोषणा गरेको दुई करोड विरुवा रोप्ने अभियान सफल पार्न पनि राष्ट्रिय अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । वन क्षेत्रमा हर्राे, बर्राे, अमला, टिक लगायत पन्ध्र प्रजातिका विरुवा रापिने छ । उक्त अभियानमा सहभागि हुन संगठनले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस