२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

ठूलो परिमाणमा हरियो केराउ बरामद

२०७८ श्रावण १४, बिहिबार प्रकाशित ( साल अघि) ७३४ पाठक संख्या

मोहन पौडेल
परासी, १४ साउन । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठूलो परिमाणमा हरियो केराउ(मटर) बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको केराउ जिल्लाको सीमावर्ती क्षेत्रहरुबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार भैरहवाबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेको अवस्थामा ३१ हजार केजी मटर बरामद गरिएको हो ।
सात वटा पिकअप र एउटा ट्रकमा लैजाँदै गरिएको उक्त केराउको बजार मूल्य रु ३८ लाख ७५ हजार रहेको लामाले बताउनुभयो । सात वटा पिकअप भैरहवाबाट ल्याउँदै गर्दा परासीको सीमा क्षेत्रबाट र एउटा ट्रकमा केराउ अनलोड गरिरहेकै अवस्थामा सेमरी क्षेत्रबाट नियन्त्रणमा लिईएको हो ।
प्रहरीका अनुसार सात वटा पिकअपमध्ये छ वटा भैरहवास्थित शिवशङ्कर ईन्टरप्राईजेजबाट नवलपरासीको भारतीय सीमाक्षेत्र स्थित प्रतापपुर गाउँपालिका —५ को श्रीराम ईन्टरप्राईजेज, अम्बे ईन्टरप्राईजेज र सोनु एण्ड मोनु जनरल स्टोर्सका लागि लैजान लागिएको थियो भने एउटा पिकअपको केराउ शुभगणपति टेडर्स रामग्राम—१० बाट भारतीय सीमावर्ती क्षेत्र पाल्हीनन्दनको पडरीतफै लैजाँदै गर्दा नियन्त्रणमा लिईएको हो ।
यस्तै प्रतापपुर—२ मा एसएस ईम्पेक्स विरगन्जबाट रकिरोशन जनरल स्टोर्स प्रतापपुरतर्फ लैजान अनलोड गरिरहेको अवस्थामा आधा ट्रक केराउ नियन्त्रणमा लिईएको हो । बरामद गरिएका केराउको आवश्यक अनुसन्धानका लागि महेशपुर भन्सार वा राजस्व अनुसन्धान कार्यालयमा चलान गर्ने तयारी गरिएको प्रनाउ लामाले जानकारी दिनुभयो ।
केही दिन अघि पनि भारतीय सीमाक्षेत्रबाटै प्रहरीले १८ हजार केजी हरियो मटर छ वटा पिकअपसहित नियन्त्रणमा लिएको थियो । प्रहरीले पटकपटक ठूलो परिमाणमा हरियो केराउ बरामद गर्दै आएपनि तेस्रो मुलुकबाट आउने हरियो मटरको तस्करी रोकिएको छैन् । तेस्रो मुलुकबाट सस्तोमा नेपाल आउने हरियो मटर भारतमा महङगोमा बिक्री हुने भएकोले हरियो मटरको तस्करी अत्याधिक हुने गरेको पाईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस