२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

लुम्बिनी सरकारले विश्वासको मत लिन्छ : मन्त्री चौधरी

२०७८ श्रावण १२, मंगलबार प्रकाशित ( साल अघि) ८९४ पाठक संख्या

बुटवल, १२ साउन । विपक्ष गठबन्धन लामो समयदेखि विश्वास मत लिन प्रदेश सरकारलाई दबाब दिइरहेका बेला लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले उपयुक्त समयमा विश्वासको मत लिने तयारी गरेको बताएका छन् ।मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले भने, ‘मिति फिक्स छैन । तर सरकारले विश्वासको मत लिन्छ, पास भए सरकार चलाउने हो, नपाए छाड्नुपर्छ त्यो स्वाभाविक हो ।’

​मन्त्री चौधरीले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पनि प्रदेश सरकारलाई फरक नपर्ने दाबी गर्दै केन्द्रको छुट्टै​ प्रदेशमा छुट्टै समीकरण बन्न सक्ने बताए । उनले भने, ‘अहिलेसम्म जसले सहयोग गरेर सरकार चलेको छ, त्यसरी चल्छ । उहाँहरूले साथ  दिन छाड्दा सरकार पनि रहँदैन ।’

यस्तै आज बसेको  प्रदेश सरकारको बैठकले लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यको लागि लुम्बिनी प्रदेशको रणनीति स्वीकृति प्रदान गरेको छ । भने प्रदेश खेलकुद विकास नियमावली–२०७८ स्वीकृत गर्ने निर्णय गरेको  छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस