२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

लुम्बिनी प्रदेशका तीन मन्त्री जसपाबाट निष्कासित

२०७८ श्रावण १२, मंगलबार प्रकाशित ( साल अघि) ११६८ पाठक संख्या

काठमाडौं, साउन १२ । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका तीन जना मन्त्रीलाई पार्टीबाट निष्काशन गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको जसपाका कार्यकारिणी सदस्य इस्तियाक राईले बताए ।

उनीहरुलाई प्रदेश संसदीय दलले जारी गरेको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले यसअघि नै स्पष्टीकरण सोधेको थियो । पार्टीलाई जवाफ नदिएका कारण पार्टीको विधानअनुसार उनीहरुलाई निष्काशन गरिएको राईले बताए ।

त्यसैगरी, जसपा कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान अनुमोदन गरेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दलको विधान अनुमोदन गरेको हो ।

बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा नवराज सुवेदी, रमेश यादव र सुशीला श्रेष्ठ छन् ।

बैठकले निर्वाचन आयोग र सर्वोच्च अदालतमा रहेका मुद्दालाई हेर्ने जिम्मेवारी पार्टीका कार्यालय सचिव एवं कार्यकारिणी सदस्य प्रकाश अधिकारीलाई दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस