२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम–१६ मा टिपरको ठक्करबाट साईकल यात्री गम्भीर घाईते

२०७८ श्रावण ११, सोमबार प्रकाशित ( साल अघि) ५३० पाठक संख्या

परासी, ११ साउन । पश्चिम नवलपरासीको रामग्राम–१६ मा आज साँझ भएको सवारी दुर्घटनामा परी एक जना गम्भीर घाईते भएका छन् । भैरहवा भूमही सडक खण्ड अन्र्तगत हकुईमा टिप्परले साईकल यात्रीलाई ठक्कर दिएको हो ।
पश्चिमबाट पूर्वतर्फ आईरहेको प्रदेश २–०३–००१ ख २८७१ नम्बरको टिप्परले सोहीदिशाबाट आईरहेकी साईकल यात्री रामग्राम १६ जमुनियाकी १९ वर्षीय सिन्धु चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डिएसपी राजु लामाले दैनिक २४ खबर डटकमलाई जानकारी दिनुभयो ।
टिप्परको ठक्करबाट गम्भीर घाईते चौधरीको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको छ । चौधरीको दुवै खुट्टा, बाँया हात र टाउकोमा चोट लागेको छ । ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस