परासी, ११ साउन । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा न . ४ मा नेकपा माओवादी केन्द्रले ईकाई कमिटी गठन गरेको छ ।
आज ठुलो खैरटवामा आयोजित एक कार्यक्रममा २५ सदस्यीय कमिटी गठन गरेको हो ।
नवगठित कमिटीको अध्यक्षमा मनोज हरिजन,उपाध्यक्षमा रिनु जयसवाल लगायत रहनुभएको नेकपा माओवादी केन्द्रका युवा नेता धीरज त्रिपाठीले जानकारी दिनुभयो ।
पूर्वराज्यमन्त्री एवं माओवादी केन्द्रका नेता घनश्याम यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पार्टीका प्रतापपुर गाउँपालिका कमिटी अध्यक्ष कन्हैया लाल जयसवाल लगायतको सहभागिता रहेको थियोे ।