२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

राष्ट्रिय युवा संघको संयुक्त भेला तथा सपथग्रहण

२०७८ श्रावण ९, शनिबार प्रकाशित ( साल अघि) ८६५ पाठक संख्या

परासी, ९ साउन । राष्ट्रिय युवा संघ नेपाल सुनवल नगर कमिटीको आयोजनामा संयुक्त युवा भेला तथा सपथग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । सुनवलको वडा नं.११,१२ र १३ का युवाहरुको भुमहीमा संयुक्त भेला गरी तीन वटै वडामा राष्ट्रिय युवा संघको वडा कमिटीहरु घोषणा गरिएको हो ।
जस अनुसार सुनवल वडा नं. ११ मा सागर पाण्डेको अध्यक्षतामा २६ सदस्यीय कमिटी, वडा न.१२ मा प्रविन भण्डारीको अध्यक्षतामा ९२ सदस्यीय वडा कमिटी र वडा नं. १३ मा विक्रम रामदामको अध्यक्षतामा ८५ सदस्यीय वडा कमिटी घोषणा गरिएको राष्ट्रिय युवा संघ सुनवल नगर अध्यक्ष विनोद पाण्डेले दैनिक24 खबर डटकमलाई जानकारी दिनुभयो ।
समारोहमा राष्ट्रिय युवा संघ सुनवल नगर अध्यक्ष विनोद पाण्डे र वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई युवा संघका जिल्ला अध्यक्ष युवराज डुम्रेले सपथग्रहण गराउनुभएको थियो । युवा संघका सुनवल नगर अध्यक्ष पाण्डेको अध्यक्षता तथा नेकपा एमाले नवलपरासीका अध्यक्ष एवं लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि अधिकारीले मुलुक र पार्टी निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उहाँले वर्तमान समयमा पार्टीलाई एकताबद्ध बनाउने र सरकारलाई खबरदारी गर्ने कार्यमा पनि युवाको नेतृत्वदायी भूमिका हुने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा नेकपा एमालेका नेताहरु थानप्रसाद गैरे, विमला अर्याल, वीरेन्द्र यादव, कृष्णप्रसाद बगाले, लेखनाथ खरेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्याल लगायतका नेताहरुको पनि सहभागिता थियो ।
यसैबीच बर्दघाट १४ मा नेपाली कांग्रेस परित्याग गरी चार जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । कांग्रेसको तरुण दल त्याग गरी एमालेको राष्ट्रिय युवा संघमा प्रवेश गरेका युवाहरुलाई एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी, बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्याल, युवा संघका जिल्ला अध्यक्ष युवराज डुम्रे लगायतले स्वागत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस