२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासीको मुख्य सडकमा नाममात्रको क्याट आई लाईट

२०७८ श्रावण ८, शुक्रबार प्रकाशित ( साल अघि) ९८१ पाठक संख्या

परासी, ८ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बुद्धचोक देखि निलोगेटसम्मको सडक विस्तारको क्रममा लगाईएको क्याट आई लाइट गुणस्तरहिन भएको पाईएको छ ।
साँझ परेपछि आफै बल्ने रेडियमयुक्त उक्त लाईटले सौन्दर्यता बढाउनुका साथै दुर्घटना न्यूनिकरणमा समेत टेवा पुर्याउने हुनाले जडान गरिएको हो ।
तर जडान गरिएको एक महिना पनि नपुग्दै लाईट बल्न छोडेको छ ।
सवारी साधनको लाईट परेपछि अझ बढी चम्कने उक्त लाईटले सडकको किनार समेत संकेत गर्ने हुनाले चालकलाई राती सवारी साधन चलाउन निकै सहज हुने अपेक्षा गरिएको थियोे । तर लगाएको छोटो समयमै लाईट बल्न छोडेको स्थानीयवासीले बताएका छन् ।
ठेकेदारबाटै असारमा भुक्तानी लिनका लागि कमसल लाईट प्रयोग गरिएकोले कारवाही गर्न र नयाँ गुणस्तरीय लाईट लगाउन स्थानीयको माग छ । यो सडक हालै शहरी विकास तथा भवन डिभिजन कार्यालय चितवनले निर्माण गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस