२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

यूएमएनद्धारा जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सनट्रेटर प्रदान

२०७८ श्रावण ६, बुधबार प्रकाशित ( साल अघि) १२४५ पाठक संख्या

गोपीगञ्ज, ५ साउन । बौद्ध लाईट ईन्टरनेश्नल एशोसिएसनको सहयोगमा युनाईटेड मिसन टु नेपाल (यु.एम.एन.) नवलपरासी क्लष्टरले प्रतापपुर गाउँपालिका वडा नं.२ समेरीस्थित जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई मंगलबार २ थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ ।
केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच यु.एम.एन.का टिम लिडर सबु तामाङ्गले गाउँपालिकाका कार्यवहाक अध्यक्ष अञ्जु कुमारी चौधरीलाई १०।१० लिटरको ७ लाख १४ हजार रुपैयाको २ थान कन्सनट्रेटर प्रदान गर्नुभयो ।
कोरोना संक्रमणको जोेखिम कायमै रहेका बेला बिरामीको उपचारमा सहज होस् भनेर कन्सनट्रेटर प्रदान गरिएको यु.एम.एन.का टिम लिडर तामाङ्गले बताउनु भयो ।
गाउँपालिकाका कार्यवहाक अध्यक्ष चौधरीले कन्सनट्रेटर प्रदान गर्नु भएकोमा यु.एम.एन.लाई धन्यवाद दिदै कोरोनाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
यु.एम.एन.ले बौद्ध लाईट ईन्टरनेश्नल एशोसिएसनको सहयोगमा जगन्नाथपुर सहित नवलपरासी ब.सु.प.जिल्लाका पाल्ही प्राथमिक स्वास्थ्य केन्द्र र पृथ्वी चन्द्र अस्पताललाई क्रमशः २ र ४ थान अक्सिजन कन्सनट्रेटर प्रदान गर्ने यु.एम.एन.का तालिम म्यानेजर बालकृष्ण पाण्डेले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस