२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

वीपी स्मृति दिवसमा कांग्रेसद्धारा पृथ्वीचन्द्र अस्पतालका बिरामीलाई फलफूल बितरण

२०७८ श्रावण ६, बुधबार प्रकाशित ( साल अघि) ६७१ पाठक संख्या

परासी ६ साउन । नेपाली कांग्रेस जिल्ला कार्य समिति पश्चिम नवलपरासीले पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल बितरण गरेकाे छ ।
३९ ओैँ वीपी स्मृति दिवसको अवसरमा अस्पतालका बिरामीहरूलाई फलफूल बितरण गरेकाे हाे ।
नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालकाे प्रमुख आथिथ्य तथा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद पाैडेलकाे अध्यक्षतामा कार्यक्रम भएको थियो ।
अस्पतालका ३० जना बिरामीहरूलाई फलफूल बितरण गरेको कांग्रेसका जिल्ला सचिव विक्रम यादवले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिवशकर राय,नेपाल पत्रकार महासघका जिल्ला अध्यक्ष हरि शर्मा,पृथ्वी चन्द्र अस्पताल बिकास समितिका अध्यक्ष जगदीश चाैधरी लगायतले वीपीको योगदान र विचारको विषयमा चर्चा गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस